रामग्राममा सात हजार दीप प्रज्वलन

नवलपरासी, २६ मङ्सिर ।
बुद्धको अस्तुधातु रहेको नवलपरासी (पश्चिम) रामग्राम स्तुपमा सोमबार साँझ विश्व शान्तिको कामना गर्दै एक हजार ११२ शान्तिदीप क्यान्डिल र सात हजार दीप प्रज्वलन गरिएको छ । संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले शान्दीप क्यान्डिल र दीप प्रज्वलनको उद्घाटन गरे ।

लुम्बिनी विकास कोषको नेतृत्वमा रामग्राम नगरपालिका, थाई विहार र द प्रोमिस ल्यान्ड नामक संस्थाको आयोजना रामग्राम स्तुप क्षेत्रको पुनस्र्थापना, संरक्षण र विकासका लागी दुरदर्शी परियोजनाको शुभारम्भको अघिल्लो दिन रामग्राम शान्तिदीप र दीप प्रज्वलन गरी उज्यालो बनाइएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किरातीले बुद्धको एक मात्र अस्तुधातु रहेको रामग्रामको विकास गर्ने बताए । बुद्धको अस्तु धातु रहेको रामग्रामलाई धार्मिक सांस्कृतिक थलो बनाउने मन्त्री किरातीले बताए ।

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले रामग्रामलाई लुम्बिनीकै जस्तै गरी विकास गर्ने गरी कोषले काम गर्ने बताए । उनले विश्वका बौद्ध धर्मावलम्बीहरुलाई लुम्बिनीसँगै रामग्राममा ल्याउने गरी आफुहरुले काम गर्न खोजेको बताए । उनले अहिले रामग्रामको गुरुयोजना बनाएर पुरातात्विक स्थलहरुको संरक्षण र वरपर विहार लगायत पूर्वाधार विकास गर्ने उल्लेख गरे ।

कार्यक्रममा रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले रामग्रामको विकासका लागि स्थानीय सरकारले धेरैपटक ध्यानार्कषण गराएको बताउँदै अहिलेको कार्यक्रमले रामग्राम स्तुपको महत्व विश्वमाझ पुर्‍याउने उनको भनाई थियो ।

उक्त अवसरमा भिक्षु कोन्डन्य, भिक्षु डेनियलले धर्मदेशना दिँदै रामग्राम बुद्धको अस्तुधातु रहेको पवित्र स्थल रहेकाले यसको महत्व विश्वभर फैलाउन आवश्यक रहेको बताए ।

रामग्राम स्तुप गौतबुद्धको अस्तु राखिएको आठ भागमध्येको एक ठाउँ हो । यूनेस्को विश्व सम्पदा सूचीको सम्भावित सूचीमा रहेको रामग्राम स्तुपको पुरातात्विक अन्वेषण र यसको विकास गर्नका लागि सरकारले गुरुयोजना बनाएर विकास गर्ने बताइरहेको छ । रामग्रामको पुरातात्विक र संरक्षण हुन नसकेको गुनासो आइरहेको बेला मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा कार्यक्रम हुन गइरहेको हो । कार्यक्रम विहान ९ बजे सुरु हुनेछ । मध्यान्ह १२ बजेर १२ मिनेमा विश्व शान्तिको कामना गर्दै बिशेष शान्तिदीप प्रज्वलन गर्ने कार्यक्रम रहेको प्रोमिस ल्यान्डका अध्यक्ष नितेश अधिकारीले उल्लेख गरे ।

प्रधानमन्त्री प्रचण्डसहित पर्यटनमन्त्री सुदन किराती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी, स्थानीय तहका जनप्रतिनिधि लगायतको उपस्थिति रहने छ । रामग्राम नगरपालिकाले यस कार्यक्रमलाई मध्यनजर गर्दे नगर भित्र २६ गते मंगलबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । एक सूचना जारी गर्दे नगरपालिकाले उक्त दिन सबै वडा कार्यालय, नगरपालिका भित्रका सम्पुर्ण विद्यालय, स्वास्थ्य संस्था बन्द रहने जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट