स्टार्स मन्टेश्वरीले बाबुनानीलाई गरायो भ्रमण

भरतपुर, १९ मंसिर ।
भरतपुर महानगरपालिका वडा नम्बर-११ स्थित स्टार्स मन्टेश्वरी एकेडेमीले मंगलबार आफ्ना विद्यार्थीहरुलाई भ्रमण गराएको छ । उनीहरुलाई मौलाकालिका मन्दिर भ्रमण गराएर नारायणी नदीमा मोटरबोटमा राखेर जलविहार गराइएको हो ।

सानै उमेरदेखि नानीबाबुहरुलाई प्राविधिक विषयमा जानकारी दिने उद्धेश्यले मौलाकालिका केवलकारको भ्रमण गराइएको स्टार्स मन्टेश्वरीका प्रवन्ध निर्देशक गणेश रानाले बताए । उनले थपे ‘नानीबाबुहरुलाई सडक यातायात र हवाइ यातायातको अलवा केवल यातायात र जल परिवहनको बारेमा ज्ञान दिन यस किसिमको भ्रमण गराइएको हो ।’

मौलाकालिका मन्दिर परिसरमा पुगेपछि प्रवन्ध निर्देशक रानाले नानीबबुहरुलाई हाम्रो सांस्कृतिक सम्पदाको महत्व बारे प्रष्ट्याएका थिए । आफ्नो मौलिक संस्कृति र धार्मिक विश्वास अनुरुप पूजा आराधना गराईएको थियो ।

मन्दिर दर्शनपछि नानीबाबुहरुलाई नारायणी नदि किनारमा लगेर जलपरिवहनको बारेमा जानकारी दिँदै मोटरबोटमा जलविहार गराइएको थियो । मोटरबोट चढ्न पाउँदा नानीबाबुहरु हर्षित भएका थिए ।

स्टार्स मन्टेश्वरी एकेडेमीले यस किसिमको भ्रमणबाट विद्यार्थी नानीबाबुहरुमा प्राविधिक विषयको जानकारी हुने विश्वास लिएको छ । मन्दिर भ्रमणबाट नानीबाबुहरुमा मौलिक संस्कृति सिक्न, बुझ्न र व्यवहारमा उतार्न सहज हुने समेत निर्देशक रानाले बताए ।

स्टार्स मन्टेश्वरी एकेडेमीले साना नानीबाबुहरुलाई सानै उमेरदेखि अब्बल साबित गराउन नयाँ नयाँ कृयाकलाप र भ्रमणमा समावेश गराउँदै आएको छ ।
चितवनमा स्थापना भएका अधिकांश मन्टेश्वरी स्कुलहरु मध्य स्टार्स मन्टेश्वरी एकेडेमी अब्बल दर्जामा परिचित छ । हरेक अभिभावकको मन जित्न सफल यस एकेडेमीमा विद्यार्थीहरुको चाप बढ्दै गैरहेको छ ।

“जहाँबाट तपाईंका नानिबाबुको भबिष्य निर्माणको पहिलो पाइला सुरु हुन्छ” भन्ने मूल नाराका साथ पोखराको पालिखेचोकमा २०६५ सालमा स्थापना भएको यस मन्टेश्वरी, भरतपुर-११, मालपोतचोकमा २०६७ सालमा स्थापना भएको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट