जिपिएस वडा प्रोफाईलका लागि गणकहरु घरघरमा

भरतपुर, १९ मंसिर ।
भरतपुर महानगरपालिकामा जिपिएस (ग्लोबल पोजिसन सिष्टम) प्रणाली सहित अन्य तथ्याङ्क संकलनको प्रक्रिया शुरु गरिएको छ । वडाको प्रोफाइललार्ई एपको माध्यमबाट डिजीटलाईजेशन गर्ने उद्धेश्यले भरतपुर महानगरपालिका वडा नम्बर २ बाट यो काम शुरु गरिएको हो ।

वडा अध्यक्ष मनोज रानाभाटको घरबाट उनको पारिवारिक विवरण भरेर काम शुरु गरिएको छ । यो काम चितवनमै पहिलोपटक शुरु गरिएको हो । कार्यालयले डिजीसफ्ट डेभलपर्सको प्राविधिक सहयोगमा काम शुरु गरिएको वडाले जानकारी दिएको छ ।

‘यस प्रणालीबाट वडाको आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्य, सार्वजनिक स्थल लगायत पूर्वाधारको जानकारी हुनुका साथै वडाको योजना निर्माण तथा समस्या पहिचान हुनुका साथै स्मार्ट महानगरमा समेत टेवा पुग्नेछ ।’ अध्यक्ष रानाभाटले भने ।
प्रोफाईलमा जिपिएस सिष्टम लागू भएपछि हरेक घरको ठेगाना मोबाइलबाट नै थाहापाउन सकिने छ । एपबाट प्रोफाईलमा घरमुलीको नाम, फोटो र घरको फोटो समेत राखिनेछ ।

‘हरेक काम डिजिटलको माध्यमबाट गर्ने हाम्रो चाहना छ, यही उद्देश्यले पहिला डिजिटलबाट वडाको प्रोफाइल तयार गर्न लागिएको हो’, वडाध्यक्ष रानाभाटले भने, ‘प्रोफाइल तयार पार्न आजबाट गणकलाई घरघरमै पठाएका छौं ।’ तथ्याङ्क संकलनका लागि ३० भन्दा बढी गणकहरु घरघरमा खटिएको उनले बताए ।

‘ १५ दिनभित्र हामीले वडाको प्रोफाइल डिजिटलको माध्यमबाट तयार पार्ने लक्ष्य लिएका छौँ, अब प्रत्येक वडावासीको प्रोफाइल वडा कार्यालयमा रहने छ’, वडाध्यक्ष रानाभाटले भने , ‘६० भन्दा बढी प्रश्नको उत्तर संकलनकर्ताले लिनेछन्, घरका सबै सदस्यको विवरण र जिएएस सिष्टमलाई पनि एपबाट समावेश गरिने छ ।’

डिजीसफ्टका प्रबन्ध निर्देशक बुद्धि डंगोलले देशभरीका ३० वटा पालिकाका ५०० वटा बढी वडाहरुमा कम्पनीले यो एपबाट प्रोफाइल तयार पारिएको भन्दै पहिलो पटक चितवनमा भरतपुर महानगरपालिकाबाट शुरु गर्न लागिएको बताए । ‘भरतपुर महानगरपालिका देशकै केन्द्र र विकसित पालिका मध्ये पर्छ´, उनले भने, `आजबाट वडा नम्बर २ बाट प्रोफाइल निर्माण शुरु गरेका छौं ।‘ वडालाई डिजिटाईलेशनमा समावेश गरेपछि हरेक विवरण हरेक वर्ष वडा बाट नै अद्यावधिक गर्न सकिने कम्पनीले बताएको छ । प्रोफाईल तयार भएपछि वडा नम्बर २ को औषत प्रति व्यक्ति आयको समेत जानकारी हुने कम्पनीका प्रबन्ध निर्देशक डंगोलको भनाई छ ।
उनका अनुसार कम्पनीले भरतपुरका अन्य वडाको लागि सम्झौता गर्न लागिएको र नवलपरासीको गैंडाकोटमा पनि छिट्टै नै काम शुरु गर्नेछ । एपबाट वडालाई जुनुसुकै काम गर्न सहज हुने र कसैलाई पनि तथ्यांकबाट अध्ययन अनुसन्धान सहज हुनेछ । एप्समा हरेक घर परिवारको व्यक्तिगत तथा सम्पत्तिको विवरण लगायतका सूचकलाई गोप्यता कायम गरिएको उनले बताए ।

यस प्रविधिबाट प्रत्येक वडावासीको विवरण दुरूस्त तत्काल थाहा पाउन, डेटा अपडेट र बजेट विनियोजनका लागि सजिलो बनाउन, सहजै तुरून्तै र प्रभावकारी सेवा प्रदान गर्न, खर्च र समय बचतको लागि पनि टेवा पुग्नेछ ।

वडा प्रोफाइलका लागि प्रत्येक टोलबाट तालिम लिएका गणकहरु खटाइएको वडा कार्यालयले जनाएको छ । वडामा १८ वटा टोल विकास संस्था छन भने हाल यहांँ पांँच हजार दुईसय घरधुरी रहेका छन ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट