भरतपुर, १९ मंसिर ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५आर नेपाल क्लष्टर नम्बर ५ को आयोजनामा लायन्स अन्तर्राष्ट्रिय पिस पोष्टर कार्यक्रम सम्पन्न भएको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५आर, नेपालका क्लष्टर चिफ लायन पुरन थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्ट ३२५आर, नेपालका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर लायन दिनानाथ न्यौपाने प्रमुख अतिथि रहेका थिए ।
लायन्स अन्तर्राष्ट्रिय पिस पोष्टर कार्यक्रममा १२ लायन्स क्लवले १२ वटा विद्यालयका २१ जना विद्यार्थीलाई कार्यक्रममा सहभागिता गराएका थिए । प्रतियोगिताको निर्णायक भुमिका डिष्ट्रिक्ट ३२५आर नेपालका पूर्व डिष्ट्रिक्ट गभर्नर एवं इभ्यालुएसन मेन्टर लायन राजकुमार श्रेष्ठले लायन्स अन्तर्राष्ट्रिय पिस पोष्टर प्रतियोगिता सम्बन्धी नियम, उद्देश्य र महत्वका विषयमा विस्तृत रुममा प्रकाश पारेका थिए । उक्त प्रतियोगितामा लायन्स क्लव अफ भरतपुर मिड टाउनको तर्फबाट ओम शान्ति एकेडेमीका छात्र अनमोल न्यौपाने प्रथम, लायन्स क्लव अफ चितवन माउण्ट एभरेष्टको तर्फबाट स्काई राइडर स्कूल टाँडीका छात्र आदर्श वस्ती द्वितीय र लायन्स क्लव अफ चितवन लंकूको तर्फबाट लक्ष्मी माविका समिर चालिसे तृतीय भएका थिए । प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यार्थीहरुलाई नगद सहित प्रमाण–पत्र र सहभागी सम्पूर्ण विद्यार्थीहरुलाई सहभागिताको प्रमाण–पत्र, कलर पेन्सिल सेट उपहारस्वरुप डिष्ट्रिक्त ३२५आर नेपालका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर लायन दिनानाथ न्यौपानेले प्रदान गरेका थिए ।
कार्यक्रममा डिष्ट्रिक्ट ३२५आर नेपालका द्वितीय भाईस डिष्ट्रिक्ट गर्भनर लायन नवराज सापकोटा विशिष्ट अतिथि र अतिथिहरु एक्जुकेटिभ चिफ कमल श्रेष्ठ, माधव पौडेल, एक्जुकेटिभ कोचिफ बालगोपाल चुके, डिष्ट्रिक्ट चिफ रामजी पौडेल, लायन लिडरहरु, क्लब अध्यक्ष एवं सहभागी विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक र शिक्षकहरुको उपस्थिति रहेको थियो ।
लक्ष्मी मावि लंकूको हलमा सम्पन्न कार्यक्रममा रिजन चियर पर्सन एवं क्लष्टर सचिव लायन गोविन्द अर्यालले सहजीकरण गरेको कार्यक्रमको संयोजक लायन्स क्लव अफ भरतपुर मिड टाउनका अध्यक्ष लायन इन्जिनियर उमेश ढकालले गरेका थिए ।





