मकवानपुर जिससको वार्षिक समीक्षा कार्यक्रम

मकवानपुर, १८ मंसिर ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि बहादुर सिं लामाले ‘तहगत सरकारबीच अन्तरद्वन्द्व हुँदा संघीयता कमजोर हुने बताएका छन् । सोमबार जिल्ला समन्वय समिति मकवानपुरको वार्षिक समीक्षा कार्यक्रमलाई बोल्दै उनले तीनवटै तहले अधिकारको मात्रै विषय उठाउँदा एकआपसमा अन्तरद्वन्द्वकाे स्थिति पैदा भएकोले सरोकार पक्ष सबै यसमा गम्भीर बन्नुपर्ने बताए ।

‘संघीय व्यवस्था कमजोर नहुने गरि स्थानीय तहलाई बलियो बनाउनुपर्छ’ मन्त्री लामाले भने ‘संघ, प्रदेश र स्थानीय तहबीच समन्वयकारी भूमिका अहिलेको प्रमुख आवश्यकता रहेको छ’। तीनवटै तहका सरकारबाट बनेका तथा बनाउनु पर्ने नीति, नियम, मापदण्ड गहिराे अध्ययनपश्चात मात्र गरेर निर्माण गर्नुपर्ने उनले बताए । हाल देशमा देखिएकाे आर्थिक तरलताकाे असर असर पनि तीनवटै तहमा परिरहेकाेले यसकाे समाधानमा एकले अर्कालाई सघाउनु पर्ने उनकाे भनाई थियाे ।

यसैगरी वार्षिक समीक्षामा बागमती प्रदेश सांसद एकलाल श्रेष्ठले स्थानीय स्रोत साधनको समुचित प्रयोग हुनुपर्ने बताए । स्थानीय तहले जनताको चित्त बुझ्नेगरि काम गर्नुपर्ने उनले बताए । उनले प्रदेश र संघ तहमा समुचित बजेट विनियोजन हुन नसकेको भन्दै सांसद श्रेष्ठले योजना र बजेट मन्त्रीको निर्वाचन क्षेत्र केन्द्रीत भएर जाने गरेको गुनासो समेत गरे ।

यस्तै, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेढाईले कर्मचारीहरु प्रविधिमैत्री सँगै नागरिकलाई छिटाे सेवा प्रवाहमा केन्द्रीत भएर लाग्नु पर्ने बताए । महालेखाकाे प्रतिवेदन अनुसार स्थानीय तहमा बेरुजुकाे चाङ देखिएकाेले  सुशासनलाई ध्यानमा राखेर काम गर्नुपर्ने उनले बताए । ‘स्थानीय स्रोतको दोहन, सार्वजनिक सम्पत्तिको दुरुपयोग, दोहोरो भुक्तानीको समस्या रोक्नु पर्छ’ उनले भने ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले प्राकृतिक स्रोतको उपयोग गर्ने नीतिहरु बन्ने क्रममा रहेको र आर्थिक समृद्धिकालागि त्यस किसिमका नीतिहरु आवश्यक रहेको बताए ।  समयमा नीतिहरु नबन्दा स्थानीय तहहरुले समस्या भोगिरहेको प्रमुख घलानले जानकारी दिए ।

१२ जना सम्मानित

जिसस मकवानपुरले आफ्नो वार्षिक समीक्षा कार्यक्रममा १२ जनालाई सम्मान गरेकाे छ । जिससले फरक विधाका संस्था तथा व्यक्ति गरि १२ जनालाई सम्मानित गरेकाे हाे ।  सहकारी विधा अन्तर्गत श्रमिक साना किसान कृषि सहकारी संस्था लिमिटेड, मकवानपुरगढी र जनसेवक कर्मचारी उपभोक्ता सहकारी संस्था लिमिटेडलाई सम्मान गरिएको छ । यस्तै, गैह्र सरकारी संस्थातर्फ शान्ति फाउण्डेशन मकवानपुर र ग्रामिण जीवनस्तर सुधार मञ्च मकवानपुरलाई सम्मान गरिएको छ ।

यसैगरि, कर्मचारीतर्फ जिल्ला समन्वय समिति मकवानपुरमा खरिदार पदमा कार्यरत कर्मचारी अमृता खनाल र कैलाश गाउँपालिका अन्तर्गत कार्यरत सिनियर अनमि आशाकुमारी गुरुङ झा, बकैया गाउँपालिकाका सहायक पाँचौं तहका कर्मचारी मनिषा पराजुली सम्मानित भएकी छन् । समाजसेवातर्फ “फरक सोच अभियन्ता” थाहा नगरपालिकाका यादवजंग रायमाझी सम्मानित भएका छन् । यस्तै, खेलकुदतर्फ कराँतेमा, थाहा नगरपालिकाका मान सिं दोङ सम्मानित भएका छन् ।

यस्तै, सामुदायिक वनतर्फ सिमपानी देउकोट सामुदायिक वन उपभोक्ता समूह मनहरि सम्मानित भएका छन् । शिक्षातर्फ इन्द्रसरोवर गाउँपालिकाका चन्द्र आधारभूत विद्यालयलाई सम्मान प्रदान गरिएकाे छ । यसैगरि साना महिला उद्यमीतर्फ गीता मैनाली सम्मानित भएकी छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट