शिक्षण संस्थाको सय मिटर वरीपरी सूर्तीजन्य बस्तु बेचे कारवाही

भरतपुर, १२ असोज ।
भरतपुर महानगरपालिका वडा नम्बर २ मा सूर्तीजन्य वस्तु बिक्री वितरणमा कडाई गर्न एक हप्ते अभियान शुरु भएको छ । सोमबार वडा शिक्षा समितिको बैठकले गरेको निर्णय अनुसार आजबाट असोज १९ सम्म यो अभियान जारी रहने छ । विद्यालय, मन्टेश्वरी क्याम्पस तथा अन्य शिक्षण संस्थाको सय मिटरको दूरीमा सूर्तीजन्य बस्तु बिक्री वितरणमा रोग लगाउन सचेतना अभियान गरिएको हो ।

अभियानको पहिलो दिन बालकुमारी उच्च माध्यमिक विद्यालय, बालकुमारी कन्या माध्यमिक विद्यालय तथा बालकुमारी कलेजका विद्यार्थी शिक्षक, पांँचवटा टोल विकास संस्था सहितले सचेतना र्‍याली गरिएको वडा अध्यक्ष मनोज रानाभाटले जानकारी दिए । उनका अनुसार आज बालकुमारी उच्च मावि, नारायणी कलामन्दिर, लीलाचोक, बालकुमारी कलेज हुंँदै कन्या माविमा आएर कार्यक्रमको समापन गरिएको थियो । र्‍यालीमा एकहजार भन्दा बढी सहभागी रहेका थिए । उनीहरुले हामी सबैको एउटै नारा, सूर्तीजन्य पदार्थबाट पाउंँ छुटकारा, नो स्मोकिङ, सूर्तीजन्य पदार्थ होइन स्वस्थ जीवन जिऔंलगायतका सन्देश लेखिएका प्लेकार्ड बोकेका थिए ।

विद्यालय तथा कलेजका सय मिटरको दूरीमा सूर्तीजन्य बस्तु बिक्री वितरण गरे पहिलोपटक जरीवाना गरिने र अटेर गरे कानुनी कारवाही गरिने रानाभाटले बताए । वडालाई आगामी दिनमा सूर्तीजन्य मुक्त क्षेत्र बनाउने उद्धेश्य सहित यो अभियान शुरु गरिएको उनको भनाई छ ।

असोज १२ गते वडा नम्बर २ को नमस्ते चोक , एपेक्स कलेज , होराइजन स्कुल लगायतका स्थानमा यो अभियान शुरु गरिने उनले जानकारी दिए । असोज १९ गते सूर्चीजन्य बस्तु बिक्री बितरण रोक्न वृहत् वडास्तरीय सचेतना कार्यक्रम गर्ने वडाको तयारी छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट