अङ्कुरम् एकेडेमीमा सामाजिक अध्ययन तथा स्थानीय पाठ्यक्रम परियोजना अन्तर्गत वृहत् प्रदर्शनी

भरतपुर, १० असोज ।
अङ्कुरम् एकेडेमीमा सामाजिक अध्ययन तथा स्थानीय पाठ्यक्रम परियोजना अन्तर्गत वृहत् प्रदर्शनी सम्पन्न भएको छ । कक्षा १ देखि १२ सम्म अध्ययनरत करिब एक हजार जना विद्यार्थीहरुको सकृय सहभागितामा सम्पन्न उक्त वृहत् प्रदर्शनीको मुख्य उद्देश्य विद्यार्थीहरुलाई किताबी सैद्धान्तिक ज्ञान मात्र नभई प्रयोगात्मक र व्यवहारिक ज्ञान प्रदान गर्नु हो ।

कक्षागत रुपमा सामाजिक अध्ययन तथा स्थानीय पाठ्यक्रमको विषयवस्तुमा आधारित विभिन्न शीर्षक अन्तर्गत विद्यार्थीहरुले संस्कृति, भेषभूषा, ऐतिहासिक तथा पुरातात्विक संग्रहलाई समेत बेजोड रुपमा प्रदर्शन गरेका थिए । सातै प्रदेशमा अवस्थित शहरका नमूनाहरु, विभिन्न जातजातिका ऐतिहासिक तथा सांस्कृतिक महत्त्वका घरका नमूना, परम्परागत तथा मौलिक कृषिजन्य सामग्रीहरु, कृषिजन्य उत्पादनहरु, लाखे नाच, ऐतिहासिक संग्रह आदिले कार्यक्रमको रौनकता थपेको थियो ।

करिब पाँचसयजना अभिभावकले रुचिपूर्वक प्रदर्शनी अवलोकन गरी विद्यार्थीहरुलाई हौसला प्रदान गरेको एकेडेमीका प्राचार्य सुमन पौडेलले बताए । अङ्कुरम् एकेडेमीले पाठ्यक्रम अनुरुप क्रियाकलापमा आधारित शिक्षण-सिकाइ गराउने भएकोले विद्यालयको वार्षिक क्यालेण्डरमा उल्लेख गरी यस्ता किसिमका विषयगत तथा तहगत परियोजनाहरु सम्पन्न गर्ने गरिएको सह-प्राचार्य ओमराज मैनालीले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट