पारिवारिक निजी वन संघ नवलपुरको अध्यक्षमा होमनाथ पाण्डे चयन

देवचुली, ८ असोज ।
पारिवारिक निजी वन संघ नवलपुरको अध्यक्षमा होमनाथ पाण्डे सर्वसम्मत चयन भएका छन् । पारिवारिक निजी वन संघ नवलपुरको पहिलो अधिवेशनबाट पाण्डेको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो ।

जसको उपाध्यक्षमा कृष्णप्रसाद तिवारी, सचिवमा शशिचन्द सिग्देल, उपसचिवमा झकमाया बिक र अमृत सुवेदी, कोषाध्यक्षमा यमकुमारी महतो तथा सदस्यहरूमा दुर्गा पौडेल, गनबहादुर सारु मगर, ताराबहादुर पुलामी, पूर्णिमा सिंजाली र तुलसी गिरीलाई सर्वसम्मत चयन गरिएको हो ।

जिल्लाका स्थानीय तहबाट आएका प्रतिनिधिहरुबाट सर्वसम्मत समिति चयन गरिएको हो । नव निर्वाचित अध्यक्ष पाण्डेले आफ्नो कार्यकालमा संघको उद्देश्य अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

पारिवारिक निजी वन संघ, नेपाल(एफोन) निजी वन संरक्षण र यसको उपयोगिताको बारेमा आम मानिसमा सुचना दिने र निजी वन उपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा व्यक्तिहरुलाई जानकारी गराउने उद्देश्यका साथ गठन गरिएको एउटा संगठन हो ।पारिवारीक निजी वन विशुद्ध रुपमा परिवारको गर्जो टार्ने, परिवारको आवश्यकता परिपूर्ति गर्न कसरी निजि वनको प्रयोग गर्न सकिन्छ र आर्थिक आम्दानी लिन सकिन्छ भनेर आम किसानलाई जानकारी गराउने र कानुनी रुपमा सहयोग पुर्‍याउने उद्देश्यले खोलिएको संस्था हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट