पत्रकार पौडेललाई `चितवन थारुरत्न´ सम्मान

भरतपुर, ५ असोज ।
पत्रकार रमेशकुमार पौडेल `चितवन थारुरत्न´ पुरस्कारबाट सम्मानित भएका छन् । थारु कल्याणकारिणी सभा (थाकस) चितवनले पत्रकार पौडेललाई ‘चितवन थारुरत्न’ले सम्मान गरेको हो । थाकस चितवनको शुक्रबारबाट सुरु भएको १३औं जिल्ला अधिवेशनमा पत्रकार पौडेललाई कार्यक्रमका प्रमुख अतिथि रहेका थाकस केन्द्रीय सभापति धनिराम चौधरी, माडी नगरपालिकाका मेयर ताराकुमारी काजि महतो लगायतले सम्मान गरे ।

चितवनका आदिवासी थारु समुदायको अधिकारदेखि साँस्कृतिक रहनसहन र समस्याका विषयमा निरन्तर कलम चलाउँदै आएका पत्रकार पौडेललाई थारुरत्न सम्मान प्रदान गरिएको थाकस चितवनका अध्यक्ष ललितकुमार चौधरीले बताए । पौडेल दुई दशकदेखि चितवनमा पत्रकारिता गर्दै आएका छन् । पौडेल हाल कान्तिपुर दैनिकमा आवद्ध छन् ।

कार्यक्रममा चितवनका अर्का पत्रकार कारी चौधरीसहित शिक्षा, समाजसेवा, कानुनीसेवालगायतका विषयमा काम गर्दै आएका व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो ।

थाकसका पुर्व जिल्ला अध्यक्ष टिकेन्द्र चौधरीले थारु समुदायको साझा जातीय संस्थाका रुपमा विसं २००५ मा केन्द्रमा खुलेको यो संगठन चितवनमा २०१८ सालमा स्थापना भएको बताए । चितवनका आदिवासी भइकन पनि थारु समुदाय राजैतिक र अन्य क्षेत्रमा पछाडी पार्ने काम भइरहेको भन्दै उनले दुखेसो पोखे । शनिबार सकिने अधिवेशनले थाकसको नयाँ कार्यसमिति पनि गठन गर्ने छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट