भरतपुर, ५ असोज ।
भरतपुरस्थित सनराइज इङ्लिस स्कुलको आयोजनामा दोस्रो अन्तर विद्यालय सनराइज सितारियो कराँते प्रतियोगिता हुने भएको छ । स्कुलको आयोजनामा असोज ५ र ६ गते प्रतियोगिता हुन लागेको हो ।
स्कुलकै प्राङ्गणमा हुने प्रतियोगितामा चितवनका निजी तथा सामुदायिक विद्यालयका चार सय ६८ विद्यार्थीहरु सहभागी हुनेछन् । उनीहरुले २१ तौल समूह र महिला र पुरुष एकल काता गरि २४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । स्कुलको आयोजनामा गर वर्ष पहिलो संस्करणको प्रतियोगिता भएको थियो ।





