काठमाडौं, ४ असोज ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले शिक्षकहरुले आन्दोलनका क्रममा सडकछेउका बोटबिरुवा मासेको तस्वीर शेयर गर्दै महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता पोष्ट गरेका छन् ।
बोटबिरुवा र दुबो मासेको प्रति ब्यंग्य गर्दै मेयर शाहले बिहीबार साँझ सामाजिक सञ्जालमा महाकवि देवकोटाको कविता पोष्ट गरेका हुन् ।
उनले फेसबुकमा लेखेका छन्,
‘नटिप्नु हेर कोपिला
नचुँड्नु पाप लाग्दछ
नच्यात्नु फूल नानी हो
दया र धर्म भाग्दछ
–महाकवि लक्ष्मीप्रसाद देवकोटा’
सरकारले संसद्मा दर्ता गरेको प्रस्तावित शिक्षा विधेयकविरुद्ध आन्दोलनमा उत्रिएका शिक्षकहरुले विरोध प्रदर्शनका क्रममा माइतीघर–नयाँ बानेश्वर क्षेत्रमा बोटबिरुवा, दुबोमा क्षति पुर्याएका छन् ।





