स्वर्गीय अन्जनकाे स्मृतिमा फुटबल प्रतियोगिता

बेनिघाट राेराङ, ३ असाेज

हालै मृत्यु भएका स्थानीय युवाकाे सम्झनामा धादिङको बेनिघाट राेराङमा नकआउट फुटबल प्रतियोगिता आयाेजना गरिएकाे छ ।

बेनिघाट राेराङ गाउँपालिका वडा नम्बर ९ का स्थानीय सक्रिय युवा अन्जन सिलवालकाे मृत्युमा स्तब्ध भएका युवाहरूले यही असाेज ४ गते बिहीबारदेखि ‘अन्जन स्मृति नकआउट फुटबल-२०८०’ आयाेजना गरेका हुन् ।

अन्जन स्मृति प्रतिष्ठान, हाइवे स्पाेर्टस् क्लब र बेनिघाट राेराङ युवा क्लबकाे संयुक्त आयाेजनामा हुन लागेकाे फुटबल प्रतियाेगिता बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले बिहीबार २ बजे उद्घाटन गर्ने तय भएकाे हाइवे स्पाेर्टस् क्लबका अध्यक्ष विनाेदकुमार शाहले जानकारी दिए ।

कुल ३२ वटा टिम सहभागी हुने प्रतियोगिता नकआउटका आधारमा खेलाइने छ । प्रतियाेगिताकाे विजेताले ट्रफी र मेडलसहित नगद ५० हजार रुपैयाँ पुरस्कार जित्नेछ । त्यस्तै दाेस्राेले ट्रफी र मेडलसहित २५ हजार नगद प्राप्त गर्नेछ ।

सेमिफाइनल पुग्ने थप दुई टिमले भने ५-५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । त्यस्तै प्रतियोगिताभरका सर्वाेत्कृष्ट खेलाडी, सर्वाेत्कृष्ट गाेलरक्षक र सर्वाधिक गाेलकर्ताले जनही ३ हजार नगद पुरस्कार पाउने छन् । प्रत्येक खेलकाे म्यान अफ दी म्याचले नगद ५ सय पाउने छ ।

 प्रतियोगितामा सहभागीलाई ‘पाेल ए’ र ‘पाेल बी’ गरी दुई समूहमा विभाजन गरिएका छन् । दुवै समूहमा समान १६ टिम छन् । खेल बेनिघाट राेराङ-९, मझिमटार फुटबल ग्राउन्डमा खेलाइने छ ।

अन्जनकाे गत चैत २० गते निधन भएकाे थियाे । खेलप्रेमी तथा समाजसेवी युवा अन्जनकाे स्मृतिमा युवाहरूलाई गाेलबन्द गरी खेलकुद विकासमा लगाउने अठाेटका साथ फुटबल प्रतियोगिता गरिएकाे अन्जनका भाइ अनिल सिलवालले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट