डाक्टर मित्र पाठकले ल्याए `हाकिमको देश´

सल्यान, ३ असोज ।
डाक्टर मित्र पाठक काँचुलीले `हाकिमको देश´ लघुकथासङ्ग्रह ल्याएका छन् । संविधान दिवसको अवसर पारेर असोज ३ गते बुधबार सल्यानमा एक कार्यक्रमकाबीच पुस्तक विमोचन गरियो । सोही समारोहमा भद्रसिं बुढामगर (भद्र भास्वर) द्वारा लिखित तथा सम्पादित सल्यानको कपुरकोट गाउँपालिकाले प्रकाशन गरेका दुई पुस्तकहरु `कपुरकोट दर्पण´ र `आठ हजारी झ्याङा´ पनि विमोचन गरिएको छ । तीन वटै कृतिलाई गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुन र उपाध्यक्ष प्रकाश भरारीले विमोचन गरेका हुन् ।

हाकिमको देश लघुकथासङ्ग्रहका स्रस्टा पाठक पूर्वीनवलपरासीको देवचुली निवासी हुन् । उक्त पुस्तकको प्रकाशकमा दीपक पाण्डे छन् । पाण्डे हाल अस्ट्रेलियामा बसोबास गर्छन् । पुस्तकको मुख्य वितरकको रुपमा सम्पूर्ण किताब नारायणगढ रहेको छ ।

लघुकथासङ्ग्रहको भूमिका अनुभवी कथाकार खेमराज पोखेरलको छ भने शुभकामना मन्तव्य लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको छ । शुद्धाशुद्धी हेर्ने काम श्रीराम राइले गरेका छन् । पुस्तक भित्रका ६२ कथा मध्ये `हाकिमको देश´ शीर्षकमा दुईवटा कथा रहेका छन् । दुई मध्ये एकले देशमा राजनीतिक र प्रशासनिक हाकिमहरु हाबी छन् भन्न खोजेको छ भने अर्को कथाले हामी जनता पनि दिनानुदिन अल्छि हुँदै गएका छौँ, काम रोज्न थालेका छौँ र काम चोर भएका छौं भन्ने तथ्यलाई ब्याङ्ग्यात्मक पारामा प्रस्तुत गरेको छ ।

त्यसैगरी कपुरकोट दर्पणको समालोचना साहित्यकार डाक्टर प्रेम योगी र आठ हजारी झ्याङाको समलोचना डाक्टर मित्र पाठकले गरेका थिए । हाकिमको देशको समालोचना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत वलीले गरेका थिए ।

हाकिमको देश पुस्तकको गृह विमोचन तथा अन्तर्क्रिया छिट्टै नै पूर्वी नवलपरासीमा राखिने कथाकार डा पाठकले बताए ।

साठीको दशकबाट साहित्यिक कलम चलाएका डाक्टर पाठकको यस अगाडि लघुकथा मसङ्ग्रह `भलाद्मी श्रीमती´ (२०६३) र गजल सङ्ग्रह `गजल आकाश´ (२०७०) प्रकाशित भै सकेका छन् । डाक्टर पाठकका शब्द रचनामा दुईवटा लोकदोहोरी गीत एवं ३ वटा स्वदेश गान समेत रेकर्ड छन् ।

पुस्तक विमोचन एवम् छलफलमा शिक्षा दिवस २०८० को अवसरमा नेपाल विद्या भूषण `क´का लागि विभूषित हुन सिफारिस भएकोमा डाक्टर पाठक र नेपाल राष्ट्रिय मावि किमुचौरका प्रधानाध्यापक दामोदर शर्मालाई रास्ट्रिय शिक्षा पुरस्कारका लागि सिफारिस भएकोमा दोसल्ला ओढाएर सम्मान गरिएको थियो । डाक्टर पाठक पेशाले वनस्पती विभागमा कार्यरत वनस्पती बैज्ञानिक हुन् । उनी अहिले सल्यानस्थित वनस्पती अनुसन्धान केन्द्रमा कार्यरत छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट