शिक्षकले विद्यालय बन्द गरेर आन्दोलनमा गए काठमाडौँ महानगरले कारबाही गर्ने

काठमाडौँ, ३ असोज ।

काठमाडौँ महानगरपलिकाले विद्यालयका शिक्षकहरूले विद्यालय बन्द गरेर आन्दोलनमा गएको पाएमा कारबाही गर्ने भएको छ ।

शिक्षकले आन्दोलनका नाममा स्कुल बन्द गरे उनीहरूलाई कारबाही गर्नलाई शिक्षा विभागलाई निर्देशन दिएको महानगरपालिकाका मेयर बालेनका प्रेस सहजकर्ता सुरेन्द्र बजागाइँले बताए ।

‘आन्दोलनका नाममा स्कुल बन्द गर्न कहीँ पनि पाइँदैन,’ उनले भने, ‘महानगरमा लाखौँ विद्याथी पढ्छन् । उनीहरूको पढ्ने अधिकार बञ्चित गर्नु हुँदैन । विद्यालय बन्द गरेर गएको पाइए उनीहरूलाई सँधैका लागि विद्यायल बन्द गर्न विभागलाई निर्देशन दिइएको छ ।’ विद्यालय समयमा बाधा नपुर्‍याइ वा आफ्नो समयका पठनपाठन गराएर जाने शिक्षकलाई भने रोक नलगाइएको उनले बताए ।

सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकमा रहेका विभिन्न प्रावधानमा असहमति जनाउँदै नेपाल शिक्षक महासंघले १८ वटा माग राखेर बुधबारबाट आन्दोलनको सुरुवात गरेको हो । उक्त आन्दोलन रोक्नका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक महासंघलाई सोमबार वार्ताका आह्वान गरेको थियो । तर महसंघले मन्त्रालयसँग वार्ता गर्न अस्वीकार गरेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट