सिनर्जीको बालकवि सम्मेलनमा परमानन्द गुरुकुलका रोहन प्रथम

भरतपुर, ३० भदौ ।
बालबालिकालाई दूधको महत्त्व बुझाउन आयोजना गरिएको बाल कवि सम्मेलनमा परमानन्द संस्कृत गरुकुल, देवघाटका रोहन खनाल प्रथम भएका छन् । ५९ औं बाल दिवसको उपलक्ष्यमा चितवनको पहिलो रेडियो सिनर्जी एफएम ९१.६ मेगाहर्जले आयोजना गरेको ‘बालकवि सम्मेलन–२०८०’ मा ६० प्रतिस्पर्धीलाई पछि पार्दै रोहन पहिलो बनेका हुन् । स्काइराइडर आवासीय माध्यमिक विद्यालय रत्ननगरकी अपेक्षा ढकाल दोस्रो हुँदा गैंडाकोट इङ्गलिस स्कुल, गैंडाकोटका उद्धव सिग्देल तेस्रो भएका छन् ।

यस्तै परमानन्द संस्कृत गरुकुल, देवघाट कै अंकित पाण्डेय र स्मल हेभन मोडल स्कुल, भरतपुरका प्रसंशा पराजुलीले सान्त्वना स्थान प्राप्त गरेका छन् । प्रथम हुनेलाई ४ हजार, द्वितीयलाई ३ हजार, तृतीयलाई २ हजार र सान्त्वना हुने २ जनालाई ५-५ सय सहित प्रमाणपत्र र आकर्षक उपहारहरु प्रदान गरिएको कार्यक्रम संयोजक रविन सुवेदीले बताए ।

प्रत्येक वर्ष बालदिवसको दिन बालकवि सम्मेलनमार्फत कविता प्रतियोगिता आयोजना गर्दै आएको सिनर्जी एफएमले यस वर्ष पनि कविता प्रतियोगिताको आयोजना गरेको हो । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको सहकार्यमा आयोजना गरिएको कविता प्रतियोगितामा यस पटक ‘स्वास्थ्यका लागि दूध’ विषयमा बालबालिकाहरूले कविता वाचन गरेका थिए ।

प्रतियोगितामा चितवन सहित तनहुँ, नवलपरासीलगायतका विद्यालयबाट बालबालिकाहरू सहभागी भएका थिए । कार्यक्रमका प्रमुख अतिथि चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले बालबालिकाहरूको सिर्जनात्मक क्षमताको विकाससँगै दूधको महत्व र आवश्यकता बुझाउन कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

बालकवि सम्मेलनमा कस्मिक पब्लिकेशन प्रालि, मेट्रो एजुकेसन एकेडेमी, स्टार्स मन्टेश्वरी, एबि सप्लार्यस, मनकामना बुक्स एण्ड स्टेशनरीले सहकार्य गरेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट