साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको निधन

काठमाडौँ, २६ भदौ ।
पत्रकार तथा साहित्यकार राजेन्द्र पराजुलीको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार बिएन्डबी अस्पतालमा उपचारका क्रममा पराजुलीको मंगलबार बिहान निधन भएको हो ।

उनलाई निमोनिया र डेंगीको संक्रमण देखा परेको थियो । उनले लामोसमयसम्म विभिन्न सञ्चारमाध्यममा पत्रकारितासमेत गरेका थिए । त्यसैगरी कथाकार पराजुलीका शुक्रराज शास्त्रीको चस्मा (कथा), अघोरी (कथा), कोटेश्वरको केटो (संस्मरण), भ्रष्ट समवेदना (कविता), अनायिका (उपन्यास), सपनामा मार्क्स (कथा), जाडोमा भोक, विकल्प यात्रा (कथा) सङ्ग्रह प्रकाशित छन्

पराजुलीको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट