काठमाडौं, २६ भदौ ।
मसंविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ । उनको अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने निर्णयसमेत सरकारले गरेको छ ।
पर्यटन मन्त्री सुदन किरातीकाअनुसार नेम्वाङको निधनमा एक दिन बिदा पनि दिने निर्णय पनि भएको छ । अन्त्येष्टिका दिन सो बिदा दिइने निर्णय भएको उनले बताए । छोराहरू विदेशबाट आएपछि नेम्वाङको अन्त्येष्टि गरिने छ ।
त्यसअघि नेम्वाङको पार्थिव शरीर एमाले पार्टी कार्यालय च्यासलमा राखिने छ । नेम्वाङको गएराति निधन भएको थियो ।





