देवचुली, २६ भदौ ।
नवलपुर विद्युत व्यवसायी संघले रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । नेपाल विद्युतीय व्यवसायी महासङ्घको रूपान्तरण दिवसको उपलक्ष्यमा संघले उज्यालो नेपाल बिजुली पसल दलदलेको सहयोगमा सो कार्यक्रम आयोजना गर्न लागेको जिल्ला अध्यक्ष सुजन अधिकारीले जानकारी दिएका छन् ।
भदौ ३० गते शनिबार दलदले बजार एनआइसीएसिया बैंक अगाडि हुने कार्यक्रम बिहान ७:३० बजेदेखि दिउँसो १२:३० बजेसम्म सञ्चालन हुने संघले जनाएको छ ।
जिल्ला संघका सदस्य र स्थानीयको सहभागिता रहने रक्तदान कार्यक्रम जिल्लामा पहिलोपटक गर्न लागिएको संघका सचिव दीपक सुवेदीले जानकारी दिएका छन् । १०० भन्दा बढी युनिट रगत संकलन हुने लक्ष्य लिइएको र महासंघ प्रतिनिधि, जिल्ला संघ सदस्य, साथै जनप्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम गर्ने तयारी भएको नेपाल विद्युतीय व्यवसायी संघ गण्डकी प्रदेशका सदस्य कृष्ण गैरेले जानकारी दिए ।





