एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

काठमाडौं, २६ भदौ ।
संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ ।

बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । राति साढे १ बजे हृदयघातपछि अस्पताल पुर्‍याइएका नेम्वाङको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भइसकेको चिकित्सकले बताएको नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेले बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सल्लाहपछि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय च्यासल लैजाने तयारी छ । नेम्वाङका श्रीमती, दुई छोरा र दुई छोरी छन् । नेम्वाङका एकजना छोरा अष्ट्रेलियामा रहेको र उनी भोलिमात्रै आइपग्ने भएकाले अन्त्येष्टि पनि भोलि नै गर्ने तयारी भएको हो ।

एमालेसहितका थुप्रै नेताहरू अहिले शिक्षण अस्पताल पुगेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट