राप्तीकप : राप्ती-११ माथि राप्ती-१ को रोमाञ्चक जित

राप्ती, २३ भदौ ।
राप्ती नगरपालिका वडा नम्बर ५ को मंगलटाँडी खेल मैदानमा जारी राप्तीकप अन्तर वडा स्तरीय फुटबल प्रतियोगितामा राप्ती-१ विजयी भएको छ । राष्ट्रिय युवा संघ नेपाल राप्ती नगर कमिटीले आयोजना गरेको प्रतियोगितामा राप्ती-१ ले राप्ती-११ विरुद्ध २-१ को रोमाञ्चक जित निकालेको हो ।

निर्धारित ९० मिनटको खेलमा १-१ को बराबरी खेलिरहेको अवस्थामा एक्स्ट्रा टाइममा फ्रि किकको सदुपयोग गर्दै गोल गरेपछि राप्ती-१ ले जित सुनिश्चित गरेको हो । राप्ती-१ का लागि हुसेन विक र सनम सुजिकारले १/१ गोल गरे भने राप्ती-११ को लागि प्रकाश विकले १ गोल गरे ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका राप्ती-११ का कविन तामाङ म्यान अफ द म्याच घोषित भएका छन् । उनले एक हजार नगद पुरस्कार प्राप्त गरेका छन् । उनलाई रुम्बाले पुरस्कार प्रदान गरेका हुन् ।

अब भदौ २४ गते आइतबार राप्ती-३ र ९ बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । खेल दिउँसो ३:३० बजेबाट सुरु हुनेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट