मेट्स इन्टरनेशनलले मनायो १५औ वार्षिकोत्सव

भरतपुर, १५ भदौ ।
विगत १५ वर्षदेखि शैक्षिक परामर्शको क्षेत्रमा निरन्तररुपमा क्रियाशील रहँदै आएको मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेज चितवनले देबघाटधामस्थित रामजानकी बालिका आश्रममा खाद्यान्न सहयोग गरेको छ ।

२०६४ सालमा काठमाडौंको पुतलीसडकमा मुख्य कार्यालय स्थापना गरि आफ्नो सेवा शुभारम्भ गरेको यस एजुकेशनले चितवनमा २०६५ साल भदौ २१ गते विधिवत रुपमा पहिलो शाखा स्थापना गरेको थियो ।

शहीदचोक नारायणगढस्थित मेट्स इन्टरनेशनलको १५औँ वार्षिकोत्सवको अवसरमा खाद्य सामग्री उपलब्ध गराएको हो ।
मेट्स इन्टरनेशनलले संसारभरी जस्तोसुकै परिस्थिति रहँदा पनि संख्याको आधारमा भन्दा पनि गुणस्तरीयताको आधारमा विद्यार्थीहरुको शैक्षिक स्तर, भाषा परिक्षाको नतिजा तथा परिवारको आर्थिक अवस्थाको आधारमा सहि कलेज र विश्वविद्यालय तथा सम्बन्धित विषयको माथिल्लो तहका लागि सहि परामर्श दिँदै आएको छ ।

उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया,क्यानडा र बेलायतलगायतका विभिन्न देशहरु जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श, भर्ना प्रकृया सहजीकरण, भिसा आवेदनमा सहयोग गर्नुका साथै आइएलटिएस र पिटिइका कक्षाहरु सन्चालन गर्दै आइरहेको मेट्स इन्टरनेशनलले स्थापनाकाल देखि नै समाजसेवाको क्षेत्रमा समेत उल्लेखनीय भूमिका निर्वाह गर्दै आइरहेको मेटस इन्टरनेशनल चितवनका म्यानेजर प्रकाश पौडेलले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट