गैंडाकोटमा गरियो रोपाइँ जात्रा

गैंडाकोट, २२ भदौ ।
गैंडाकोटमा नेवार समुदायले रोपाइँ जात्रा निकालेको छ । बुधबार फेमिली क्याफेबाट सुरु भएको जात्रा गैँडाकोट नगरपालिका कार्यालय हुँदै नारायणी नदी किनार पुगेको थियो ।

रोपाइँ जात्रामा पञ्चे बाजाको तालमा गोरु जोत्ने, खोक लगाउने, धान रोप्ने गर्नुका साथै रोपाइँमा गाइने बालीगीत गाएर महिला तथा पुरुषहरु छमछमी नाच्दै आफ्नो सँस्कृति र कला संरक्षणका लागि लागेका थिए ।

रोपाइँको थकाई मेटाउन र जमिन बाँझो छोड्नु हुदैन भन्ने सन्देश दिनका लागि पनि रोपाइँ जात्रा गरिएको नेवाःपुच गैंडाकोटका अध्यक्ष रेशमलाल श्रेष्ठले जानकारी दिए ।

रोपाइँ जात्राका प्रवक्ता अमृत श्रेष्ठका अनुसार परम्परागत रुपमा निकालिँदै आएको रोपाईजात्रा यसपटक नेवा पुचः गैंडाकोटले गैँडाकोट नगरपालिकासँगको सहकार्यमा गरिएकोे हो ।

जात्रा व्यवस्थापन समितिका संयोजक पूर्णनारायण प्रधानले रोपाइँ जात्रा सम्पन्न गर्न करिव ४ लाख रुपैयाँ खर्च भएको अनुमान गरे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट