मकवानपुर, १६ भदौ ।
अन्तर विद्यालय स्तरीय नमुना संयुक्त रास्ट्र संघ अवधारणा कार्यक्रममा अर्किड स्कुलका विश्वास जोशी युनेस्को सहभागितामा सर्वोत्कृष्ट प्रतिनिधिकारूपमा पुरस्कृत र सम्मानित भएका छन् ।
विद्यालय अतिरिक्त क्रियाकलाप विभाग प्रमुख एवम सहजकर्ता प्रतीक्षा श्रेष्ठका अनुसार नवोदय विद्यालय हेटौंडाद्वारा आयोजित नमुना रास्ट्रसंघ कार्यक्रम- २०८० मा बागमती, लुम्बिनी र गण्डकी प्रदेशका करिव २०० विद्यार्थीको सहभागीता थियो ।
भदौ १४-१६ सम्म दिगो विकासका लागि मानविय सहायता भन्ने नाराका साथ सम्पन्न उक्त कार्यक्रममा संयुक्त राष्ट्र संघ सुरक्षा परिषद सहित अन्य ६ एजेन्सी र प्रतिनिधि सभाको नमुना अवधारणामार्फत सहभागीलाई अन्तर्राष्ट्रिय सम्बन्ध र संसदीय पद्धतिको अभ्यास गराइएको थियो ।





