भरतपुर, १६ भदौ ।
`पुस्तौंपुस्ताका लागि पुस्तकालय´ भन्ने मूल नाराका साथ रामेश्वर पुस्तकालयले १६औं राष्ट्रिय पुस्तकालय दिवस मनाएको छ ।
सोही क्रममा मैले पढेको पुस्तक र यसले पारेको प्रभाव विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
उक्त कार्यक्रममा कार्यक्रमको अध्यक्षता पुस्तकालयका अध्यक्ष माधव देवकोटाले गरेका थिए । उक्त कार्यक्रमको प्रमुख अतिथि भरतपुर महानगरपालिकाका नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेल, त्यसैगरी विशिष्ट अतिथिका रुपमा भरतपुर प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सदस्य केदारनाथ खनाल तथा चितवन पुस्तकालय संघका अध्यक्ष एकनारायण पौडेल रहेका थिए । कार्यक्रममा विभिन्न टोल विकास संस्था तथा आमा समूहका अध्यक्ष तथा प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहेको थियो । त्यसैगरी पुस्तकालयका सल्लाहाकार तथा कार्यसमिति पदाधिकारीहरु, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य रामहरि श्रेष्ठ, भरतपुर प्रज्ञा प्रतिष्ठानका प्रज्ञा कर्णबहादुर बानियाँ, साहित्यकार उदय अधिकारी वडा सदस्य परशुराम पौडेल, नाट्यकर्मी प्रदीप अन्जानलगायतले आफूले पढेको पुस्तक र प्रभावका बारेमा आफ्नो अनुभव राखेका थिए ।
कार्यक्रमका बारेमा नेपाल पुस्तकालय संघका सचिव भरतपुर प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा यसै पुस्तकालयका निवर्तमान अध्यक्ष बालकृष्ण थपलियाले प्रष्ट पारेका थिए । कार्यक्रम संयोजक रमावती वाग्ले आचार्यले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रम पुस्तकालयका सचिव विजय पराजुलीले सहजीकरण गरेका थिए ।





