सितोरियो कराँते संघ बागमती प्रदेशकाे अध्यक्षमा गगन लामा

भरतपुर, १६ भदौ ।
नेपाल सितोरियो कराँते संघ बागमती प्रदेशकाे अध्यक्षमा गगन लामा चयन भएका छन् । संघको शुक्रबार भरतपुरमा सम्पन्न प्रथम अधिवेशनले लामालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
संघका अन्य पदाधिकारी तथा सदस्यहरु नवनिर्वाचित अध्यक्षले मनोनित गर्नेछन् । यस्तै अधिवेशनले केन्द्रीय महाधिवेशनमा प्रतिनिधित्व गर्ने सात जना प्रतिनिधिहरु पनि चयन गरेको छ । जसमा प्रकाश माेहन धाैभडेल (भक्तपुर), दिपक श्रेष्ठ (ललितपुर), ज्ञान बहादुर जिम्वा (काठमाडौ), विजय गुरूङ (नुवाकोट), राधिका देउला (भक्तपुर), दीपक लामा (मकवानपुर) र दावा तामाङ (रसुवा) रहेका छन् ।
नेपाल सितोरियो कराँते संघ केन्द्रीय अध्यक्ष दावा गुरूङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका सदस्य कल्पना पौडेल खड्का, संघका केन्द्रीय उपाध्यक्ष मझिन्द्र सिंह तथा बागमती प्रदेशका १३ जिल्लाका अध्यक्ष तथा प्रतिनिधिहरु उपस्थित थिए ।
bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट