‘शून्यको मूल्य’, ‘ऐंठन’ र ‘सनेस’लाई यशस्वी अवार्ड

भरतपुर, १६ भदौ ।
`सूर्य नेपाल काठमाडौं- कलिङ साहित्य महोत्सव’ मा डाक्टर नवराज केसीको ‘शून्यको मूल्य’, विवेक ओझाको उपन्यास ‘ऐंठन’ र रेणुका जिसीको कथा संग्रह ‘सनेस’ लाई यशस्वी अवार्ड प्रदान गरिएको छ ।

नीन दिनसम्म चल्ने महोत्सवमा आख्यान र गैरआख्यान गरी १० फरक विधाका कृतिहरूलाई पुरस्कृत गरिएको हो । सम्मानित हुने अन्य कृतिमा कवितातर्फ ‘भाषाको बकपत्र’, जीवनीतर्फ गोविन्द गिरी प्रेरणा ‘सुश्री पारिजात’, बालसाहित्य विधामा अनुराधा लिखित ‘छमछमको छमछमी’, अनुवादतर्फ रीमा केसीको ‘अमृता प्रीतमका छानिएका कविता’, खाद्य तथा औषधि विधामा ‘रैथाने चार्डवाड र खानपान’, अंग्रेजी भाषाको संस्मरण ‘हिमालयन मेभरिक’ र अंग्रेजी कवितासंग्रह ‘मिनट्स या मेरिट’ छन् ।

ललितपुरको हिमालय होटलमा सञ्चालन भइरहेको महोत्सवमा लेखकहरूको उपस्थितमा सम्मान प्रदान गरिएको हो ।

नेपाल, भारत, भुटान, बंगलादेश र श्रीलंकालगायत देशका साहित्यकारहरू जमघट हुने यो अन्तर्राष्ट्रिय महोत्सव यशस्वी प्रज्ञा प्रतिष्ठान, नेपाल र कलिङ लिटररी फेस्टिभल (केएलएफ) भारतको संयुक्त आयोजनामा भएको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट