`झोलारहित शुक्रबार´मा प्रगतिनगर खानेपानीको साथ

देवचुली, १५ भदौ ।
देवचुली नगरपालिकामा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाइ संस्थाद्वारा सेवा क्षेत्रका विद्यालयहरुमा सरसफाइ र प्लम्बिङ सम्बन्धि आधारभूत तालिमको सुरुवात गरिएको छ । `झोलारहित शुक्रबार´ अभियानलाई साथ दिनका लागि देवचुली-१० मा रहेको नवनेपाल आधारभूत विद्यालयबाट तालिमको सुरुवात गरिएको हो ।

विद्यार्थीहरुलाई किताबी ज्ञान भन्दा व्यवहारिक ज्ञान दिन र झोलारहित शुक्रबार अन्तर्गत सेवा क्षेत्रका विद्यालयमा अभियानकै रूपमा सरसफाइ र प्लम्बिङ सम्बन्धि आधारभूत तालिम सुरुवात गरिएको संस्थाका अध्यक्ष खिमानन्द भुसालले बताए । विद्यार्थीहरुलाई पढाईसँगै सीपमूलक शिक्षा सिकाउन आवश्यक रहेको र संस्थाले नवनेपाल आधारभूत विद्यालयले सुरु गरेको `शुक्रबार सीपका लागि´ अभियानमा आधारभूत प्लम्बिङ तालिम प्रदान गरिएको उले बताए ।

नवनेपाल आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव भट्टराईको अध्यक्षतामा भएको तालिमको शुभारम्भ कार्यक्रममा प्रगतिनगर खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष खिमानन्द भुसालको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै प्रगतिनगर खानेपानी तथा सरसफाइ संस्थाका उपाध्यक्ष दुर्गादेवी बिष्ट, लेखा संयोजक रत्ना भुसाल, ब्लक ४ सदस्य दिना पराजुली, कार्यालय प्रमुख ईश्वरबहादुर पाण्डेलगायतको उपस्थिति रहेको थियो ।

विद्यार्थीहरुलाई व्यक्तिगत सरसफाईसँगै प्लम्बिङको आधारभूत सीप सिकाउन कार्यक्रमको सुरु गरिएको संस्थाको उपाध्यक्ष दुर्गादेवी बिष्टले बताइन् । विद्यार्थीहरुलाई फिल्डमा नै लगेर सीप सिकाउन प्राविधिकद्वारा सहजीकरण गरिने उनले बताइन् ।सेवा क्षेत्रभित्र कहिँ पानीको चुहावट भएमा संस्थालाई खबर गर्न विद्यार्थीहरुलाई आग्रह गरिन् ।

प्रगतिनगर खानेपानी तथा सरसफाइ संस्थाका प्राविधिक प्रमुख विष्णु घिमिरेसहितको प्राविधिक टिमले विद्यार्थीहरुलाई प्लम्बिङका लागि आवश्यक सामग्रीहरुको जानकारी, धाराको पानीमा हुने चुहावट कसरी रोक्ने र पाईपबाट चुहावट हुँदा गरिने प्राविधिक कामको बारेमा विद्यार्थीहरुलाई प्रयोगात्मक ज्ञान समेत प्रदान गरेका थिए ।

नवनेपाल आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव भट्टराईले विद्यालयमा हरेक शुक्रबार गरिने सिपमुलक शिक्षा अन्तर्गत प्रगतिनगर खानेपानी तथा सरसफाइ संस्थाले विद्यालयमा सरसफाइ र प्लम्बिङ सम्बन्धि आधारभूत तालिम प्रदान गरेकोमा धन्यवाद दिएका थिए । हरेक शुक्रबार विभिन्न सीपहरु सिकाउने अभियान नै सुरु गरिएको उनले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट