भरतपुर, ८ भदौ ।
रोटरी क्लब अफ नारायणगढको २१औँ पदस्थापन समारोहको अवसर पारेर बिहीबार “रोटरीको चारसूत्रीय कसी” म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
रोटरी डिष्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट गभर्नर राजेन्द्रप्रसाद ध्वजुले रोटरी वर्ष २०२३/२४ का अध्यक्ष भोलानाथ लामिछाने एवम् बोर्ड सदस्यहरूको पदस्थापन समारोहको उद्घाटनको क्रममा म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।
नारायणगढ रोटरी क्लबका पूर्व अध्यक्ष विज्ञानलाल श्रेष्ठको शब्द संयोजन तथा चितवन रोटरी क्लबका निवर्तमान अध्यक्ष दीपक प्रधानको सङ्गीत रहेको उक्त गीतमा बानिका प्रधान र रिवाश गुरुङको आवाज रहेको छ ।
सागर विश्वकर्मा, प्रिन्सीका श्रेष्ठ, श्रवण श्रेष्ठ र चाहना दुराको अभिनय रहेको म्युजिक भिडियोको निर्देशन सुमित लामाले गरेका हुन् । म्युजिक भिडियोको निर्माण रोटरी डिष्ट्रिक्ट ३२९२, रिजन ६ को रोटरी क्लबहरूले गरेका हुन् ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् :





