गैँडाकोट इङ्लिस स्कुलले पायो `क´ श्रेणीको मान्यता

गैँडाकोट, ८ भदौ ।
गैँडाकोटमा रहेको गैँडाकोट इङ्लिस स्कुल नगरकै अब्बल विद्यालय बनेको छ । गैँडाकोट नगरपालिका शिक्षा शाखाले गरेको नगरभित्रका संस्थागत विद्यालयहरुको कार्यसम्पादन मूल्याकंनका आधारमा गरिएको वर्गीकरणमा गैँडाकोट इङ्लिस स्कुल `क´ श्रेणीमा पर्न सफल भएको हो ।

गैँडाकोट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख डा. बालकृष्ण चापागाईँका अनुसार नगरका २० वटा संस्थागत विद्यालयहरुमा गरिएको अध्ययनका आधारमा गैँडाकोट इङ्लिस स्कुलले मावितर्फ `क´ श्रेणीमा पार्दै आफूलाई अब्बल सावित गरेको हो ।

शिक्षा शाखाले विभिन्न विज्ञ सहितको टोली बनाएर हरेक विद्यालयहरुमा पुगेर त्यहाँको भित्री अवस्थाबारे गहिरो अध्ययन गरेको थियो । ९० भन्दा बढी सुचकहरुलाई आधार मानेर गरिएको अध्ययनका क्रममा गैँडाकोट इङ्लिस स्कुल मात्रै `क´ श्रेणीमा रहन सफल भयो । त्यसैगरी आधारभूत तहतर्फ स्मल हार्ट एकेडेमीले `ख´ श्रेणीको मान्यता पाएको छ । आधारभूत तहतर्फ `क´ श्रेणीमा कुनै पनि विद्यालय परेका छैनन् । `ख´श्रेणीमा स्मल हार्ट एकेडेमीले मात्रै मान्यता पाएको एकेडेमीका प्रधानाध्यापक निर्मल पाण्डेले बताए

नगरपालिकाले ४० प्रतिशत भन्दा कम अंक ल्याउनेलाइ कमजोर `घ´ श्रेणी, ४० देखि ७० प्रतिशत अंक ल्याउनेलाई सामान्य `ग´ श्रेणी, ७० देखि ९० प्रतिशत ल्याउनेलाइ मध्यम `ख´ श्रेणी र ९० प्रतिशत वा सो भन्दा बढी अंक ल्याउने विद्यालयलाई उत्कृष्ट विद्यालय `क´ श्रेणीको विद्यालयको रुपमा बर्गीकरण गरेको हो ।

विद्यालयको भौतिक संरचना, विद्यालयले प्रदान गर्ने सेवासुविधा, सरोकारवालाहरुको सन्तुष्टी, शिक्षकहरुको योग्यता, लैङ्गिक अनुपात, सुचना प्रविधिमा दक्षता, समुदायको सहभागिता र बालबालिकाको शिक्षाप्रतिको चासो, विगत ३ वर्षदेखि विद्यालयले प्राप्त गरेको नतिजालगायतका सूचकहरुलाई आधार मानिएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

नगरपालिकाको वर्गीकरण अनुसार `ख´ श्रेणीमा अक्सफोर्ड सेकेन्डरी स्कुल, सरस्वती निकेतन इङ्लिस बोडिङ्ग स्कुल, कन्टीनेन्टल इङ्लिस बोडिङ्ग स्कुल, गैँडाकोट नमुना इङ्लिस बोडिङ्ग स्कुल, शाइनिङ इङ्लिस बोडिङ्ग स्कुल, विजय सामुदायिक शिक्षा सदन, मुकुन्दसेन इङ्लिस बोडिङ्ग स्कुल र सूर्योदय विद्या मन्दिर र बालविकास ईङ्लिस बोर्डिङ्ग स्कुल परेका छन् ।

त्यसैगरी `ग´ श्रेणीमा सरस्वती बालशिक्षा सदन, शिशु निकेतन स्कुल, एभरग्रीन एकेडमी, निर्मल मिलिनियम इङ्लिस बोडिङ्ग स्कुल, त्रिमूर्ती विद्या मन्दिर, ज्ञानकुञ्ज इङ्गलिस बोडिङ्ग स्कुल, किड्सहोम एकेडेमी, अमर इङ्गलिस बोडिङ्ग स्कुल र युनिक इङ्गलिस बोडिङ्ग स्कुल रहेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट