देशभर डेंगी संक्रमितको संख्या १४ हजार नाघ्यो

काठमाडौं, १ भदौ ।
देशभर डेंगी संक्रमितको संख्या १४ हजार नाघेको छ । संक्रमण ७५ जिल्लामा पुगिसकेको छ ।

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले उपलब्ध गराएको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या १४ हजार ३५७ पुगेको हो ।

कर्णाली प्रदेशका मुगु र हुम्लाबाहेकका सबै जिल्लामा डेंगी संक्रमण भएको ईडीसीडीले जनाएको छ ।

डेंगीबाट हालसम्म १० भन्दा बढीले ज्यान गुमाइसकेका छन् । डेंगीबाट ५०० भन्दा बढी केश भएका ४ वटा जिल्ला रहेका छन्। सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ ।

सुनसरीमा डेंगी संक्रमितको संख्या ७ हजार ४९५ पुगिसकेको छ । त्यसैगरी मोरङमा १ हजार ६७६, धादिङमा १ हजार ३२० र झापामा ९१३ र काठमाडौँमा १९९ जना संक्रमित भइसकेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट