पौडेलले पाए एक्स्पर्ट शैक्षिक पत्रकारिता पुरस्कार

भरतपुर, २३ साउन ।
चितवनमा रहेर अढाइ दशकदेखि निरन्तर पत्रकारिता गरिरहेका कान्तिपुर दैनिकमा कार्यरत पत्रकार रमेशकुमार पौडेल सम्मानित भएका छन् । एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज प्रालिको बीसौँ वार्षिकोत्सवका अवसरमा मंगलबार ‘एक्सपर्ट शैक्षिक पत्रकारिता पुरस्कार–२०२३´ बाट पौडेललाई सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेसका अध्यक्ष घननाथ अर्याल र प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले दोसल्ला र प्रमाणपत्र सहित २५ हजार एक सय एघार रुपैयाँले पौडेललाई सम्मान गरेका हुन् । एक्स्पर्टको १९औँ वार्षिकोत्सवदेखि प्रदान गर्न थालिएको यो पुरस्कार पहिलोपटक पत्रकार ईश्वरकुमार जोशीलाई दिइएको थियो ।

वि.सं.२०३५ साल भदौ २२ गते चितवनको नारायणगढमा जन्मेका पौडेलले २०५७ साल कात्तिकदेखि चितवन पोष्ट दैनिकबाट व्यावसायिक पत्रकारिता सुरु गरेका हुन् । उनी २०६६ सालदेखि नागरिक दैनिकमा आबद्ध भएर ८ वर्षसम्म काम गरे । त्यसपछि २०७४ सालयता उनी कान्तिपुर दैनिकमा कार्यरत छन् ।

वन, वन्यजन्तु, निकुञ्ज, वातावरण, खोलानाला, नदी, चरा, स्थानीय मुद्दा र शिक्षा क्षेत्रमा कलम चलाउन रुचाउने पौडेलले सन् २००५ मै नेपाल वातावरण पत्रकार समूह (नेफेज)ले दिने वातावरण पत्रकारिता पुरस्कार पाइसकेका छन् । २०६७ साल असोजमा पौडेललाई प्रेस चौतारी चितवन शाखाले वातवरण पत्रकारिता पुरस्कार दिएको थियो । त्यस्तै २०७३ सालको फोटो जर्नालिष्ट (पिजे) क्लबले आयोजना गरेको राष्ट्रिय फोटो प्रतियोगितामा नेचर एण्ड वाइल्ड लाइफ विधा पनि पौडेलले जितेका छन् ।

चितवन जिल्लाको विकट पहाडी क्षेत्रको शैक्षिक अवस्था सुधारका लागि शिक्षक र स्थानीयले चालेका कदमहरु बारेमा उनले तयार पारेका समाचारहरु नियमितरूपमा प्रकाशन भएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट