गैंडाकोट, २३ साउन ।
गैंडाकोट नगरपालिकाले साउन २४ गते सार्वजनिक बिदा दिएको छ ।
अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा साउन २४ गते बुधबार (भोलि) सार्वजनिक बिदा दिएको हो ।
गैँडाकोट नगरपालिकाको २०७९ चैत ४ गते बसेको १२औँ नगरसभाले २०८० सालमा संघीय तथा प्रदेश सरकारबाट तोकेको बिदाहरूको अतिरिक्त नगरभित्र दिने बिदा भन्दै अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसलाई सार्वजनिक बिदाको रूपमा गैँडाकोट राजपत्रमा समेत प्रकाशन गरेकाे छ ।





