विद्यार्थीलाई सनराइजको अभिमुखीकरण

भरतपुर, ९ साउन
भरतपुर–४ मा रहेको सनराइज इङ्लिस स्कुलमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुका लागि अभिमुखीकरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । कक्षा ११ मा विज्ञान र व्यवस्थापन संकायमा भर्ना भएका १ सय २० जनाभन्दा बढी विद्यार्थी अभिमुखीकरण कार्यक्रममा सहभागी थिए ।
नयाँ विद्यार्थीहरुबीच चिनजान बढोस् भन्ने उद्देश्यका साथ भरतपुरमा आयोजित कार्यक्रममा संकाय, पाठ्यसामग्री र विद्यालयको नियमबारे जानकारी गराइएको विद्यालयका सहायक प्राचार्य भूमिराज तिवारीले जानकारी दिए । कार्यक्रममा सूचना, संगीत र मनोरञ्जनसहित विद्यार्थीहरुलाई एकअर्कासँग परिचित हुने अवसर दिइएको उनले बताए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामजीप्रसाद अर्याल र विद्यालयका प्राचार्य शिवकुमार बगालेले विद्यार्थीलाई उत्प्रेरणा प्रदान गरेका थिए । विद्यालयका प्लस टु संयोजक जीवलाल चालिसेले पाठ्यक्रम र विद्यार्थीले पालना गर्नुपर्ने नियमहरुको बारेमा प्रष्ट पारेका थिए ।
११ र १२ कक्षाको पढाईका लागि सनराइजलाई छनौट गरेकोमा विद्यालयले अभिमुखीकरण कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गरेको छ । विद्यार्थीहरुको साथ र सहयोगबाट भविष्यमा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने अपेक्षा लिइएको विद्यालयले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट