सूर्यपुर एफसीले जित्यो चितवन च्याम्पियनसिपको उपाधि

भरतपुर, २० असार ।
छैठौं चितवन च्याम्पियनसिपको उपाधि सूर्यपुर फुटबल क्लबले जितेको छ । नेपाल प्रहरी शिक्षालयको मैदानमा बुधबार सम्पन्न फाइनलमा गैंडाकोटलाई फराकिलो अन्तरले निरास बनाउँदै सूर्यपुर च्याम्पियन बनेको हो ।

हाई स्कोरिङ उपाधि भिडन्तमा राष्ट्रिय खेलाडीको बाहुल्य रहेको सूर्यपुर ७–१ ले विजयी भयो । सुरुवातदेखि नै गैंडाकोटविरुद्ध दबाब बनाएको सूर्यपुरले १४ औं मिनेटमा अग्रता लियो । सूर्यपुरका लागि विमलले सुरुवाती गोल गरेका थिए । ३० औं मिनेटमा कप्तान बिक्कीले गोल गरेपछि सूर्यपुरले अग्रता दोब्बर बनायो । बिक्कीले गैंडाकोटका गोलरक्षक विशाल सुनारको गल्तीको फाइदा उठाउँदै गोल गरे । ३३ औं मिनेटमा सूर्यपुरले आत्मघाती गोल गर्‍यो ।

दोस्रो हाफको सुरुवाती समयमा नै सूर्यपुरले गोल ग¥यो । ५० औं मिनेटमा बिमलले व्यक्तिगत दोस्रो गोल गरे । बिमलको लङ रेन्जर प्रहारमा गैंडाकोटका गोलरक्षकले कुनै अवसर नै पाएनन् । ६९ औं मिनेटमा कप्तान विक्कीले व्यक्तिगत दोस्रो गोल गरेपछि सूर्यपुरले ४–१ को अग्रता लियो ।
७१ औं मिनेटमा आशिष चौधरीले गोल गर्दै सूर्यपुरलाई फराकिलो जिततर्फ अग्रसर गराए । अतिरिक्त समयमा सूर्यपुरले दुई खेल र्गयो । अतिरिक्त समयमा मैदान प्रवेश गरेका नबिनले गोल गरेपछि सूर्यपुरले ६–१ को अग्रता लियो । लगत्तै बिक्कीले ह्याट्रिक गरेपछि सूर्यपुर ७-१ ले विजयी भयो । सूर्यपुरका विमल म्यान अफ दि म्याच भए ।

विजेता सूर्यपुरले शिल्डसहित तीन लाख रूपान्तर प्राप्त गरेको छ । उपविजेताना सीमित गैंडाकोटले एक लाख ५० हजार रुपैयाँमा चित्त बुझाएको छ ।
गैंडाकोटका युसुफ थपलिया प्रतियोगिताभरको उत्कृष्ट खेलाडी घोषित भए । उनले २० हजार रुपैयाँ प्राप्त गरे । सूर्यपुरका प्रदीप भण्डारी उत्कृष्ट गोलरक्षक, सूर्यपुरकै कुलदीप कार्की उत्कृष्ट डिफेन्डर, गैंडाकोटका जय लामा उत्कृष्ट मिडफिल्डर र ५ गोल गरेका सूर्यपुरकै विक्की चाम्लिङ राई सर्वाधिक गोलकर्ता बने । उनीहरुले जनही १०–१० हजार रुपैयाँ प्राप्त गरे । एभरेष्ट क्लबको आयोजनामा सम्पन्न प्रतियोगितामा १२ टिम सहभागी थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट