काठमाडौं, २० असार ।
गृह मन्त्रालयले काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा जितेन्द्र बस्नेतलाई सरुवा गरेको छ । यसअघि बस्नेत गृह मन्त्रालयमा प्रवक्ताका रूपमा कार्यरत थिए ।
काठमाडौंका सिडिओे घनश्याम उपाध्याय सचिवमा बढुवा भएपछि रिक्त पदमा बस्नेतलाई खटाइएको हो ।





