अट्ठाइस हजार करदाताको दर्ता खारेज

काठमाडौँ, १९ असार ।

करमा दर्ता भएका विभिन्न २८ हजार ३५३ करदाताको दर्ता खारेज भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार व्यावसायिक, व्यक्तिगत र करकट्टी गर्ने निकायको गरी हालसम्म सो सङ्ख्या बराबरको दर्ता खारेजी भएको हो । जसमध्ये व्यावसायिक स्थायी लेखा नम्बर लिने १५ हजार ७१६, व्यक्तिगत स्थायी लेखा नम्बरले १२ हजार ६३५ र करकट्टी गर्ने निकायले लिएको दुई वटा स्थायी लेखा नम्बर खारेज भएको छ ।

कानुन अनुसार स्थायी लेखा नम्बर स्थायी प्रकृतिको नम्बर हुनाले परिवर्तन गर्न नमिल्ने र कारोबार रहुन्जेलसम्म सोही नम्बरको प्रयोग गर्नु पर्छ तर कारोबार गर्न छाडेको अवस्थामा दर्ता खारेजी वा स्थगन गर्नुपर्ने कानुनी व्यवस्था छ ।

सङ्गठित संस्थाको हकमा बन्द, बिक्री वा हस्तान्तरण भएमा वा अस्तित्व नरहेमा, करदाताको मृत्यु भएमा, साझेदारी भए विघटन भएमा वा साझेदारको मृत्यु भएमा र कारोबार गर्न छाडेको अवस्थामा दर्ता खारेजी हुन्छ ।

यसबाहेक हालसम्म चार हजार ६०७ वटा मूल्य अभिवृद्धि कर र दुई हजार ४२९ वटाको अन्तःशुल्क दर्ता खारेज भएको पनि मन्त्रालयले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट