बिगुलको उपचारका लागि रकम संकलन

कालिका, १७ असार ।
कालिका नगरपालिका वडा नम्बर ६ निवासी बिगुल लामिछानेको उपचारका लागि आर्थिक संकलन गरिएको छ । स्थानीय ध्रुव लामिछाने र सीता लामिछानेका छोरा वर्ष ११ का बिगुलको ब्रेन ट्युमरको उपचारका लागि खोलेसिमल बजार व्यवस्थापन समितिद्वारा बजारक्षेत्र भित्रका व्यापारी, व्यवसायी, बैंक तथा बित्तीय संस्थाहरूको सहयोगमा रकम संकलन गरिएको छ ।

संकलन गरिएको ८५ हजार ९४५ रुपैयाँ बिगुलका बुवा ध्रुवलाई हस्तान्तरण गरिएको खोलेसिमल बजार व्यवस्थापन समितिका सचिव विद्याधर बास्तोलाले बताए । बिगुलको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचार भैरहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट