लंकुमा लायन्सको खुल्ला रक्तदान

भरतपुर, १६ असार ।
लायन्स क्लब अफ चितवन चौतारीले शनिबार भरतपुर ४ हरिकृर्तनचोक लंकुमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान जीवनदान भन्ने नाराका साथ क्लबले हरेक लायन वर्षको पहिलो शनिबार बृहत् रक्तदान कार्यक्रम गर्दै आइरहेको छ । रक्तदान कार्यक्रम लायन्स क्लब अफ चितवन चौतारी र उसले स्पोन्सर गरी स्थापना गरेका क्लबहरुको संयुक्त आयोजनामा सम्पन्न भएकोे हो ।
मानवीय कार्यमा प्रतिबद्ध सदस्यहरुकै कारण आज लायन्सको सदस्य हुनुमा गर्व गर्न सकिएको कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आरका प्रथम भाईसगभर्नर दिनानाथ न्यौपानेले बताए । उनले मानवीय र सामाजिक कार्यमा चितवन चौतारी र उसले स्पोन्सर गरेका क्लबहरुको भूमिका प्रशंसनीय भएको बताए । प्रमुख अतिथि न्यौपानेले सिँगो डिष्ट्रिककै शान उच्च राख्न आगामी दिनमा पनि यस्तै कार्यमा लाग्न उपस्थित लायनहरुलाई अनुरोध गरे ।
कार्यक्रममा डिष्ट्रिक्ट ३२५ आरका द्वितीय भाइसगभर्नर नवराज सापकोटा, पूर्वगभर्नरहरु रामप्रसाद भट्ट, राजकुमार श्रेष्ठ, डिष्ट्रिक्ट सचिवालय सल्लाहकारहरु राजेन्द्र गौतम, प्रभाकार पण्डितलागायत उपस्थित थिए । कार्यक्रमा आयोजक संस्थाका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो ।
रक्तदान कार्यक्रमा ११ जना नयाँ रक्तदाता, १३ जना महिला रक्तदाता गरी कुल ७५ जनाले रक्तदान गरेका थिए । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरको प्राविधिक सहयोग एवं नेपाल स्वास्थ्य प्राविधिक संघ, आइआर ल्याब भरतपुर, प्राइम बहुउद्देश्यीय संस्था नारायणगढ, बाग्लुङ कालिका टेण्ट हाउस, लक्ष्मीनारायण फर्निचर उद्योग र न्यू कमल सप्लायर्सले कार्यक्रमका लागि सहयोग गरेका थिए ।
रक्तदान कार्यक्रम लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष डा. महेन्द्रकुमार अग्रहरिको अध्यक्षतामा सम्पन्न भएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट