गैंडाकोट, १६ असार ।
गैँडाकोट नगरपालिका वडा नम्बर ७ ले आर्थिक वर्ष ७९/८०को महिला तथा बालबालिका शीर्षक अन्तर्गत १ लाख रुपैयाँ बरावरको खेलकुद सामग्री वितरण गरेको छ । शनिबार हरिहर मन्दिरको सभाहलमा कार्यक्रम गरी उक्त सामग्री वितरण गरिएको हो । प्रमुख अतिथि गैँडाकोट नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष होमनाथ सापकोटाले वडामा रहेका बालबालिकाको खेल्न पाउने अधिकारलाई सुनिश्चित गर्न खेलकुद सामग्री वितरण गरिएको बताए । आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै खेल मैदानको व्यबस्था मिलाइने पनि सापकोटाले बताए ।
आव ७९/८० का लागि वडाले महिला तथा बालबालिका मा ४ लाख ५० हजार रुपैयाँँ छुट्टाएको थियो । महिलाका लागि करिव ७० हजार रुपैयाँ बराबरको खर्चमा चप्पल उत्पादन सम्बन्धि तालिम सम्पन्न गरिसकेको छ । त्यस्तै नारायणी माध्यमिक विद्यालयमा ८० हजार रुपैयाँ बराबरको पाठ्यपुस्तक एवम् कापीकलम र १ लाख ५० हजार रुपैयाँ बराबरको पोसाक वितरण गरिसकेको छ ।
सञ्जालका अध्यक्ष हिमाल सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा
सहयात्री नेपालका अध्यक्ष भीम सापकोटा, मिलिजुली बाल उद्यानका अध्यक्ष राजेन्द्र पौडेल, जनप्रतिनिधि धनबहादुर कुमाल, समाज समाजसेवी नारायण पौडेल, शैक्षिक व्याक्तित्व गोविन्द सापकोटा,
टोल विकास संस्थाहरुको प्रतिनिधित्व गर्दै दिलबहादुर श्रेष्ठ, हरिहर टोल विकास संस्थाका अध्यक्ष होमप्रसाद सापकोटालगायतले बालबालिकाको अधिकार, कर्तव्य र गर्नुपर्ने कामका बारेमा बोलेका थिए ।
बालबालिकाको तर्फबाट स्वीकृति घिमिरेले मन्तव्य दिएकी थिइन् भने प्रतीक सापकोटाले `आमा´ शीर्षकको कविता बाचन गरेका थिए । त्यस्तै अनुसासनको बारेमा नयन श्रेष्ठले बोलेकी थिइन् । कार्यक्रममा जनप्रतिनिधि ईश्वरी जीसी, छलीमाया परियार, पिस पार्क टोल विकास संस्थाका अध्यक्ष कलाधर आचार्य, सहयात्री नेपालका सचिव हरी सापकोटा, हरि परियार, सन्जु नेपालीलगायतको उपस्थिति रहेको थियोे । कार्यक्रममा सञ्जालका उपाध्यक्ष एन्जल पौडेलले स्वागत मन्तव्य राखेका थिए भने सहजीकरण सन्जालका सचिव प्रशान्त कुमाल र स्वीकृती भुसालले गरेका थिए ।





