नारायणगढ लेडी जेसीजको स्थापना दिवसमा जेसीज सप्ताह, पहिलो दिन विभिन्न व्यक्तिलाई सम्मान

भरतपुर, १६ असार ।
नारायणगढ लेडी जेसीजको २७औँ स्थापना दिवसका अवसरमा असार १५ गतेदेखि २१ गतेसम्म सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको छ । जेसीज सप्ताह कार्यक्रमअन्तर्गत पहिलो दिन शुक्रबार उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रमको उद्घाटनसँगै सम्मानको कार्यक्रम गरिएको हो । नारायणगढ लेडी जेसीजकी शाखा अध्यक्ष जेसी सुस्मिता श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सुरु गरिएको हो ।

सम्मान कार्यक्रममा सामाजिक व्यक्तित्व मिठ्ठुदेवीलाई सम्मान गरिएको छ । १७ वर्षको कलिलो उमेरमा विवाह गरि २३ वर्षमा श्रीमान गुमाई विभिन्न बाधा अवरोधको सामना गर्दै छोरीलाई उच्च शिक्षा र छोरालाई डेन्टीस्ट बनाउन सफल अहिले मिठ्ठुदेवी अहिले ६७ वर्ष पुगिन् । उनी यो उमेरमा पनि बिभिन्न संघ संस्थामा आबद्ध भई कार्यरत छन् । महिलाहरुको लागि उदाहरणीय व्यक्तित्व भएकोले मिट्ठुदेवीलाई सम्मान गरिएको अध्यक्ष श्रेष्ठले बताइन् ।

त्यसैगरी नारायणगढ लेडी जेसीजको संस्थापक सचिव छाया श्रेष्ठ, दिनदुखीहरूको लागि दिनरात नभनी कहिकतै मानिस वा सामान हराएमा विभिन्न माध्यमबाट खोजीकार्यमा सहयोग गर्ने युवा अर्जुन भुषाल र वागमती प्रदेशको हेटौंडाका स्वास्थ्यमन्त्री माननीय उत्तम जोशीलाई दोसल्ला ओढाई सम्मानपत्रका सम्मान गरिएको छ ।

कार्यक्रममा बिसहजार जेसीजका पूर्वअध्यक्ष एवं हाल वागमती प्रदेशमा हेटौंडा नेपालका स्वास्थ्यमन्त्री माननीय उत्तम जोशी प्रमुख अतिथि थिए भने बिशिष्ट अतिथिहरुमा नारायणगढ जेसीजका पूर्व अध्यक्ष एवं नारायणगढ लेडी जेसीजलाई मातृत्व प्रदान गरि हालसम्म अभिभावकको भूमिका निर्वाह गरिरहेका उत्तमलाल चुके, नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर अरूणेश्वर खनाल रहेका थिए ।

कार्यक्रममा नारायणगढ लेडी जेसीजको मातृशाखा नारायणगढ जेसीजका पूर्व अध्यक्ष एवं पूर्व राष्ट्रिय उपाध्यक्ष सिनेटर सुदीपसिंह अधिकारी, मातृशाखाका शाखा अध्यक्ष जेसी अमर घिमिरे, नारायणगढ लेडी जेसीजकी धरोहर एवं संरक्षक विश्वशान्ति पिया एवं नारायणगढ लेडी जेसीजका पूर्व अध्यक्षहरू, नारायणगढ जेसीजका पूर्व अध्यक्षहरु एवं पदाधिकारीहरुको गरिमामय उपस्थिति रहेको थियो ।

छिमेकी जिल्लाका शाखा अध्यक्षहरू र शाखाका पदाधिकारीहरुहरु पनि कार्यक्रममा सहभागी थिए ।

आज दोस्रो दिन नारायणी किनारमा यामाहा स्लो स्कुटी रेस प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा निशा श्रेष्ठ पहिलो, मीना गुरुङ दोस्रो र विपना बोहरा तेस्रो भएको नारायणगढ लेडी जेसीजकी उपाध्यक्ष सुमि सिंहले जानकारी दिइन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट