भरतपुर, १४ असार ।
भरतपुरको अर्बिट स्कुलले अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता गरेको छ । राष्ट्रिय धान दिवसको अवसर पारेर सो प्रतियोगिता गरिएको हो । प्रतियोगितामा ३० विद्यालयका विद्यार्थीले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा नारायणी पब्लिक स्कुलका सौरभी हमाल प्रथम भएकी छन् । सनराइज इङलिस स्कुलका अपराजिता थापा द्वितीय, ग्रीनल्याण्ड स्कुलका विदुशी कार्की तृतीय भएका छन् । प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश ५ हजार, ३ हजार, २ हजार नगद सहित ट्रफि र प्रमाणपत्र वितरण गरिएको विद्यालयका इन्चार्ज नारायण गौतमले जानकारी दिए ।
विजेताहरुलाई भरतपुर-५ का वडाध्यक्ष युद्धप्रसाद श्रेष्ठले पुरस्कार वितरण गरेका थिए । अर्बिट स्कुलका प्राचार्य रामप्रसाद अधिकारीले विद्यार्थीको प्रतिभा उजागर गर्न प्रतियोगिता गरिएको बताए । ग्लोबल वार्मिङ र कृषिमा भएको असर शीर्षकमा विद्यार्थीले विचार राखेका थिए ।





