फिफा वरीयतामा नेपाल एक स्थान तल झर्‍यो

भरतपुर, १४ असार ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७५औँ स्थानमा झरेको हो । यसअघि नेपाल १७४औँ स्थानमा थियो ।

दक्षिण एसियाली राष्ट्रमा भारत अग्रस्थानमा छ । भारत १००औँ स्थानमा छ । यस्तै, माल्दिभ्स १५४औँ स्थानमा यथावत रहँदा भुटान एक स्थान सुधार गर्दै १८४औँ स्थानमा उक्लेको छ । यसैगरी, ब‌ंगलादेश १९२औँ स्थानमा यथावत छ भने पाकिस्तान २०१औँ स्थानमा झरेको छ । श्रीलंका २०७औँ स्थानमा छ ।

विश्व वरीयतामा अर्जेन्टिना शीर्ष स्थानमा यथावत छ भने फ्रान्स दोस्रो रहेको छ । त्यस्तै, ब्राजिल तेस्रो, इंग्ल्यान्ड चौथो तथा बेल्जियम पाँचौँ स्थानमा छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट