एमालेलाई बदनाम गर्न जलहरीकाे विषयलाई उचालियाे : केपी ओली

भरतपुर, १४ असार ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरको जलहरीका विषयमा आफ्नो कुनै सरोकार नभएको बताएका छन् । सरकारी खर्चमा बनेका संरचनाहरूमा उद्घाटन/शिलान्यास गर्नेहरुको नाम राखिनु नौलो कुरा नभएको उनले टिप्पणी गरे ।

बिहीबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले जलहरीका विषयमा आफ्नो सरकारले पशुपति क्षेत्र विकास कोषलाई पैसामात्रै दिने काम गरेको भन्दै अन्य विषयमा आफ्नो कुनै सरोकार नभएको बताएका हुन् । उनले संसदमा एमालेलाई बदनाम गर्न कसैले यो विषयलाई उचालेको तर्क गरे ।
ओलीले पशुपतिमा कसैले सुन नै खाएको भए पनि त्यो आफ्नो सरोकारको विषय नभएको उल्लेख गरे । ओलीले उद्घाटन र शिलान्यास गर्नेको नाम राख्ने गरिएको भए पनि यस विषयमा आफूलाई केही जानकारी नभएको जिकिर गरे ।

ओलीले वर्तमान सरकार स्वार्थसँग अडिएको पनि बताए । अध्यक्ष ओली धान दिवसका सहभागी हुन चितवन आएका हुन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट