रामपुरलाई हराउँदै गैंडाकोट फाइनलमा

भरतपुर, १३ असार ।
रोमाञ्चक खेलमा रड्स रामपुरलाई पराजित गर्दै गैंडाकोट एफसी छैठौं चितवन च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । बुधबारको पहिलो सेमिफाइनलमा रामपुरलाई २–१ ले पराजित गर्दै गैंडाकोट उपाधि नजिक पुगेको हो ।

गैंडाकोटको जितमा दुबै गोल मेसुकेले गरे । रामपुरका आशिषले एक गोल गरे । खेलको ३२ औं मिनेटमा मेसुकेले गोल गर्दै गैंडाकोटलाई अग्रता दिलाए । पहिलो हाफको अन्तिम मिनेटमा रड्सले बराबरी गोल फर्कायो । गैंडाकोटका डिफेन्डरले रामपुरका योमीलाई फउल गरेपछि रेफ्रीले पेनाल्टी दिए । प्राप्त अवसरलाई सदुपयोग गर्दै रामपुरका आशीषले गोल गरे ।
खेलको ६३ औं मिनेटमा रामपुरले फेरि पेनाल्टी पायो ।

गैंडाकोटका डिफेन्डरले रामपुरका शन्तबहादुर गुरुङलाई फउल गरेपछि रेफ्रीले पेनाल्टी दिए । तर यसपटक आशीषले गोल गर्न सकेनन् । उनको प्रहार पोष्टको साइड बारमा लागेर फर्कियो । खेलको अतिरिक्त समयमा मेसुकेले लङ रेन्जर गोल गरेपछि गैंडाकोट विजयी भयो । मेसुके नै म्यान अफ दि म्याच भए ।
उपाधिका लागि गैंडाकोटले बिहीबार हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा आयोजक एभरेष्ट क्लब चितवन र सूर्यपुर फुटबल क्लब कालिका १ भिड्नेछन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट