देवचुली नगरपालिकाले दमकल खरिद गर्ने

देवचुली, १२ असार ।
देवचुली नगरपालिकाले दमकल खरिदका लागि बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को वार्षिक बजेट प्रस्तुत गर्दै देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारीले दमकल खरिदका लागि बजेट विनियोजन गरेको बताइन् ।

गैंडाकोट नगरपालिकाको ७०% र देवचुली नगरपालिकाको ३०% सहकार्यमा दमकल खरिद गर्न लागिएको देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले बताए । दमकल खरिद गरि सशस्त्र प्रहरी क्याम्प भेडाबारीमा राख्ने र त्यहाँबाट नै परिचालन गर्ने गरि योजना गरिएको नगर प्रमुख न्यौपानेले बताए । उनका अनुसार नगरमा दमकल हुँदा आगलागी जस्ता घटनाबाट हुने क्षति न्यूनीकरण गर्न सहज हुने र जोखिम कम हुनेछ ।

देवचुली नगरपालिकाले दमकल खरिद गर्नका लागि ३० लाख बजेट व्यवस्था गरेको छ भने गैंडाकोट नगरपालिकाले दमकल खरिद तथा व्यवस्थापनका लागि १ करोड बजेट विनियोजन गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट