आमाको माया छात्रावासलाई सहयोग

भरतपुर, ११ असार ।
स्पाउज क्लब अफ नारायणगढ रोटरीले भरतपुर–१२, नवरत्न टोलमा अवस्थित आमाको माया छात्रावासका १५ जना नानीहरूलाई गर्मीयामका लत्ताकपडा, खाद्यान्नलगायत आवश्यक सामग्रीहरू वितरण गरेको छ ।

रोटरी क्लब अफ नारायणगढका पूर्वअध्यक्षद्वय रोहितकुमार श्रेष्ठ र सुसनलाल प्रधानको उपस्थितिमा स्पाउज क्लबकी अध्यक्ष सम्झना प्रधानले छात्रावास प्रमुख सावित्री ढकालमार्फत् उक्त सामग्री वितरण गरेकी हुन् ।

अध्यक्ष प्रधानले विभिन्न जनजातिका बालिकाहरूलाई छात्रावासको सुविधासहित पठनपाठन गराएर उनीहरूको भविष्य निर्माणमा लागिपरेकी छात्रावास प्रमुख ढकालको प्रशंसा गर्दै धन्यवाद दिएकी थिइन् । उनले व्यक्तिगत तवरमा उक्त छात्रावासलाई सहयोग गर्दै आइरहेको र स्पाउज क्लबको अध्यक्षको हैसियतले आफ्नो कार्यकालको अन्तिम कार्यक्रमको रूपमा क्लबको तर्पmबाट सहयोग उपलब्ध गराउन पाएकोमा आफूलाई गौरव महसुस भएको बताइन् । उनी आमाको माया छात्रावासकी आजीवन सदस्य समेत हुन् ।

स्पाउज क्लबकी संस्थापक अध्यक्ष शान्ति उपाध्याय पौडेलले छात्रावासका नानीहरूको उज्ज्वल भविष्यको कामना गर्दै आगामी दिनहरूमा पनि क्लबले आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिन् । नारायणगढ रोटरी क्लबका पूर्वअध्यक्ष रोहितकुमार श्रेष्ठले छात्रावासमा आश्रित बालिकाहरूको भविष्य निर्माणका लागि अहोरात्र उनीहरूको संरक्षण र सम्वद्र्धनमा कटिबद्ध ढकाललाई धन्यवाद दिए । छात्रावास प्रमुख ढकालले बालिकाहरूको भरणपोषणका निमित्त नारायणगढदेखि आएर सहयोग प्रदान गरेकोमा खुसी व्यक्त गर्दै स्पाउज क्लब अफ नारायणगढ रोटरीको सम्पूर्ण टिमलाई धन्यवाद व्यक्त गरिन् ।

कार्यसमिति सदस्य शान्ति श्रेष्ठको संयोजकत्वमा सम्पन्न कार्यक्रम स्पाउज क्लबकी सचिव इन्दु श्रेष्ठले सञ्चालन गरेकी हुन् । कार्यक्रममा स्पाउज क्लबकी निवर्तमान अध्यक्ष निरा प्रधान श्रेष्ठ, कोषाध्यक्ष दुर्गा श्रेष्ठ, सहसचिव डा. सुरक्षा श्रेष्ठ, सदस्यहरू अञ्जु प्रधान, पुनम श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट