लायन्स क्लबद्वारा गोर्खामा शैक्षिक सामग्री वितरण

गोर्खा, ११ असार ।
लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आर अन्तर्गतका चारवटा लायन्स क्लबहहरुको संयुक्त आयोजनामा गोर्खाको शहिद लखन गाउँपालिक वडा नम्बर ८ बुङ्कोटस्थित श्री रामेश्वरी माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको छ ।
लायन्स क्लब अफ बागेश्वरीका अध्यक्ष गोकुलप्रसाद कँडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम लायन्स क्लब अफ बागेश्वरी, लायन्स क्लब अफ नेपाल एभरेष्ट हिमालय, लायन्स क्लब अफ काठमाडौं गोल्डेन बागेश्वरी र लायन्स क्लब अफ नारायणगढ बालकुमारीले संयुक्तरूपमा आयोजना गरेका हुन् ।

उक्त विद्यालयमा एक लाख बीस हजार रुपैयाँ भन्दा बढीको ३०० दर्जन कापी र स्टेसनरी तथा खेलकुदका सामग्रीहरु वितरण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिको रूपमा लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आरका डिष्ट्रिक्ट गभर्नर सिद्धार्थलाल चुके, विशेष अतिथि निवर्तमान डिष्ट्रिक्ट गभर्नर रामप्रसाद भट्ट, डिष्ट्रिक्ट एक्जुकेटिभ चिफ गौतमराज वाग्ले तथा प्रमुख जनसम्पर्क अधिकृत बालगोपाल चुके, लखन गाउँपालिक वडा नम्बर ८ बुङ्कोटका वडाध्यक्ष बासुदेव ढकाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर रम्तेल, शिक्षक अभिभावक संघका अध्यक्ष इन्द्रराज ढकाललगायत शिक्षक, अभिभावक र लायन्स पदाधिकारीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

विद्यालयका प्रधानाध्यापक जीवन अम्गाईले राज्यले नि:शुल्क शिक्षा भने पनि सामुदायिक विद्यालयहरु सन्चालन गर्नका लागि विविध कठिनाईहरु रहेको बताए । `राज्यले शिक्षकको तलब, न्युन मूल्यका पाठ्यपुस्तक, नगन्य र अपुग मात्रामा छात्रवृत्ति मात्र प्रदान गर्ने तर समुदायको अपेक्षा बढी हुँदा स्तरीय शिक्षामा कठिनाई रहेको छ´, प्रधानाध्यापक अम्गाईले भने – `यति ठूलो मूल्यको सहयोगले हामीमा उत्साह थपेको छ । आगामी दिनमा पनि यस्तै सहयोगको निरन्तरताको अपेक्षा राखेका छौँ ।´

प्रमुख अतिथि तथा लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आरका डिष्ट्रिक्ट गभर्नर सिद्धार्थलाल चुकेले डिष्ट्रिक्टमा २ सय ७० भन्दा बढी क्लब रहेको र सबै क्लबहरुले शैक्षिक क्षेत्रमा लाखौंको कार्यक्रमहरु गरिरहेको बताए । गोर्खा जिल्लाको लखन गाउँपालिकामा भएको यस कार्यक्रमले आफूलाई अझै खुशी र आनन्द लागेको भन्दै प्रमुख अतिथि चुकेले वास्तविक लायन्सको मूल मन्त्र `हामी सेवा गर्छौँ´ भन्ने कामको चरितार्थ गरेकोमा पहलकर्ता निवर्तमान डिष्ट्रिक्ट गभर्नर रामप्रसाद भट्ट तथा डिष्ट्रिक्ट एक्जुकेटिव चिफ गौतमराज वाग्लेलगायत चारै आयोजक क्लबहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दै अन्य क्लबहरुलाई पनि यस्ता काम गर्न आह्वान गरे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट