पूर्वपश्चिम राजमार्ग : काम तीव्र गर्न देवचुलीका नगरप्रमुखको निर्माण कम्पनीलाई ध्यानाकर्षण

देवचुली, १० असार ।
पूर्व पश्चिम राजमार्गको बाटो निर्माण प्रति देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपानेले चासो राखेका छन् । शनिबार निर्माण कम्पनी र एडिबीका प्रतिनिधिलाई कार्यालयमा बोलाई निर्माण कार्यमा भएको ढिलाई प्रति असन्तुष्टि जनाउँदै विभिन्न विषयमा ध्यानाकर्षण गराएका हुन् ।

नगरप्रमुख न्यौपानेले बाटोको कामलाई तीव्रता दिनुपर्ने, वर्षाको कारणले बाटोमा हुने खाल्डाखुल्डी साथै हिलोको व्यवस्थापनका लागि तत्कालै काम गर्न ध्यानाकर्षण गराउनु भएको हो । वर्षातको समयमा देवचुली खण्डमा सर्वसाधारणलाई यात्रा गर्दा बाटो अवरोध नहुने गरि व्यवस्थापन गर्न उनले आग्रह गरे ।

निर्माण कम्पनीका प्रतिनिधिले देवचुली खण्डमा भएका खाल्डाखुल्डी पुर्ने र बाटो अवरोध नहुने गरि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । देवचुलीको रजहर क्षेत्रबाट सडकमा कालोपत्रको काम सुरु गरिएको बताउँदै देवचुली खण्डमा प्राथमिकता दिई काम गर्ने उनीहरूले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट