गैंडाकोट, ७ असार ।
गैँडाकोटबाट बेपत्ता भएकी तारादेवी पौडल(पराजुली) मृत अवस्थामा फेला परेकी छिन् । बुधबार राति अन्दाजी १२ बजेदेखि गैंडाकोट-४ सहजचोकस्थित घरबाटै बेपत्ता भएकी पौडलको शव बिहीबार साँझ नारायणी नदीमा फेला परेको हो ।
इलाका प्रहरी कार्यालय गैँडाकोटले दिएको सूचना अनुसार गैँडाकोट नगरपालिका वडा नम्बर- ५ राधाकृष्ण मन्दिर नजिकै नारायणी नदी किनारमा उनको शव भेटिएको हो । पौडेलले किन आत्महत्याको बाटो रोजिन् भन्ने विषयमा कुनै जानकारी प्राप्त हुन सकेको छैन ।
उनको शव पोष्ट मार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ । मृतक पौडलका श्रीमान, एकछोरा र एक छोरी रहेका छन् ।





