वाल्मीकि बन्यो अन्तर विद्यालय फुटबल च्याम्पियन

भरतपुर, ३ असार ।

हानामी अन्तर विद्यालय फुटबल कपको उपाधि वाल्मीकि शिक्षा सदनले जितेको छ । भरतपुर १० स्थित गेष्ट हाउस चौरमा शनिबार सम्पन्न फाइनलमा ब्राइटस्टारलाई २-० ले पाखा लगाउँदै वाल्मीकि च्याम्पियन बनेको हो । वाल्मीकिलाई विजेता बनाउन दुबै गोल कप्तान विवेक शाहीले गरे । कप्तान शाहीले पहिलो हाफको अतिरिक्त समयमा एलेक्शको कर्नर किकमा पहिलो गोल प्रहार गर्दै १-० को अग्रता दिलाएका थिए । दोस्रो हाफमा विवेकले व्यक्तिगत दोस्रो गोल गर्दै वाल्मीकिलाई २-० को अग्रता दिलाए। यसपटक उनले फ्रीकिकमा सुन्दर गोल गरे । ब्राइटस्टारले भने खेलमा पाएको मौका सदुपयोग गर्न नसक्दा हार टार्न सकेन ।

जेठ२४ देखि असार २ गतेसम्म चलेको प्रतियोगितामा विजेता बनेको वाल्मीकिले २० हजार नगद रुपैया सहित मेडल, ट्रफी र सर्टिफिकेट प्राप्त गरेको छ । यस्तै उपविजेता बनेको ब्राइटस्टारले नगद रू १० हजारसहित ट्रफी, मेडल र सर्टिफिकेट प्राप्त गरेको छ । विधागत उत्कृष्टमा पनि वाल्मीकि हाबी भयो । वाल्मिकीका कप्तान विवेक शाही प्रतियोगिताभरको उत्कृष्ट खेलाडी घोषित भए भने उत्कृष्ट डीफ़ेन्स, उत्कृष्ट कीपरको उपाधी पनि वाल्मीकिका खेलाडीद्वयले हात पारे।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट